नेभिगेसन मेनु

ताप्लेजुङका पसलमा अनुगमन टोलीको छड्के
सम्पादक:南亚网络电视
समय:2024-10-30 18:49

1726125110_taplejung-1200x560

एउटा प्रकृतिको व्यवसाय दर्ता गरी अर्कै प्रकृतिका सामानहरु बिक्री गर्दै आएका ताप्लेजुङका पसल सञ्चालकलाई व्यवसायको प्रकृति अनुसार दर्तामा आउन जिल्ला अनुगमन समितिले आह्वान गरेको छ । 

फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा गर्दै आएको अनुगमनका क्रममा यस्तो निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् । उनका अनुसार व्यवसाय सञ्चालकले व्यवसायको प्रकृति अनुसार दर्ता तथा नवीकरण प्रकृयामा आउनु अनिवार्य रहेको छ । 

खाद्यान्न बिक्री हुने पसलहरुमा मदिराको बिक्री हुँदै आएको पाइएकोले प्रकृति अनुसार व्यवसाय दर्ता गर्न निर्देशन गरिएको उनले बताईन् । मदिरा बिक्रीका लागि ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट अनुमति लिनुपर्ने तथा वर्षेनी नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।  

अनुगमन समितिले बुधवार तोक्मेस्थित पेट्रोलपम्प लाइन क्षेत्रका पसल तथा होटलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा भेटिएका म्याद नाघेका उपभोग्य सामग्री जफत गरी नष्ट गरिएको समेत सहायक प्रजिअ खड्काले जानकारी दिईन् । केहि पसलहरुमा मूल्यसूची नभएको तथा भएका पसलहरुमा समेत नियमित अद्यावधिक नगरेको पाइएकोले व्यवसायीलाई सजग गराइएको उनले बताईन् ।  

अनुगमन टोलीले होटल तथा पसलहरुको प्रचलित दररेटका बारेमा समेत जानकारी लिएको छ । मूल्यमा एकरुपता कायम गर्न तथा प्रचलित दररेटभन्दा बढीमा बिक्री भए नभएको थाह पाउनका लागि बिक्री हुँदै आएको मूल्य समेतका बारेमा जानकारी लिईएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले पटका, आतिषबाजी, भुईचम्पासहितका बिष्फोटक पदार्थको बिक्री भए नभएको बारे समेत सुक्ष्म अनुगमन गरेको बताएको छ ।  

यस्तै होटल तथा पसलहरुमा सफाईमा ध्यान दिन, दर्ता तथा नवीकरण हुन नसकेका पसल सञ्चालकलाई तिहार लगत्तै उक्त प्रकृया पूरा गर्न समेत निर्देशन दिईएको ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बूले बताए । अनुगमन टोलीले अनुगमनका क्रममा दिएको निर्देशन पालना भए नभएको बारे बुझ्न अनुगमनलाई निरन्तरता दिने निर्णय समेत लिएको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर