नेभिगेसन मेनु

म्याग्दीमा १२ करोडको आलु उत्पादन
सम्पादक:南亚网络电视
समय:2024-10-06 12:19

myagdi aalu

एस् ए टी भी, २० असोज बेनी : म्याग्दीमा यस वर्ष १२ करोड रुपैयाँ मूल्य बराबरको आलु उत्पादन भएको छ। जिल्लाभर १ हजार ८ सय ८२.८ हेक्टर क्षेत्रफलमा आर्थिक वर्ष २०८०/०८१ मा ३३ हजार १५०.२३ मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको जानकारी दिइन्। 

‘कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको खायन आलु प्रबद्र्धन कार्यक्रममार्फत ९१ हेक्टरमा १ हजार ७ सय दशमलव ३८ मेट्रिकटन आलु उत्पादन भएको छ,’ उनले भनिन्, ‘कृषक आफैं र आलु जोनको कार्यक्रममार्फत १ हजार ७ सय हेक्टर क्षेत्रफलमा भएको आलुखेतीबाट ३१ हजार ४ सय ५० मेट्रिकटन आलु उत्पादन भएको हो।’

कृषकले प्रतिकिलो सरदर ३७.५ रुपैयाँमा बिक्री गरेको मूल्यलाई आधार मान्दा जिल्लाभर यसपाली १२ करोड ४३ लाख १२ हजार पाँच सय रुपैयाँको आलु उत्पादन भएको कृषि प्रसार अधिकृत लामिछानेले बताइन्। आर्थिक वर्ष २०७९/८० मा म्याग्दीमा १ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २५ हजार चार सय १० मेट्रिक्टन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। 

आर्थिक वर्ष २०७८/०७९ मा एक हजार १४५ हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २३ हजार ७९३ मेट्रिकटन उत्पादन भएको थियो। स्थानीय तहहरूले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले खायन आलु प्रवर्द्धन र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन्। 

आलु कार्यक्रममार्फत गत वर्ष ३० वटा कृषक समूह र एकवटा कृषि सहकारी संस्थामा आबद्ध १ हजार २११ घरधुरी कृषकले बीउ आलु खरिद, यान्त्रीकरण, सिँचाइ, बजारीकरणका सामान खरिदका लागि २ करोड ६५ लाख पचास हजार अनुदान पाएका केन्द्रका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए। 

म्याग्दीको तल्लो क्षेत्रमा हिउँदे र उच्च पहाडी लेकाली क्षेत्रमा बर्खे आलु खेती हुन्छ। अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन्। उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको वार्षिक छ करोड रुपैयाँ मूल्यबराबरको आलु पोखरा, काठमाडौंलगायत बजारमा बिक्री हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। उत्पादित मध्य ५० प्रतिशत बढी आलु जिल्ला बाहिर बिक्री हुन्छ। 

व्यापारीले अग्रिम पेस्कि दिएर बारीमा नखन्दै आलु खरिद गरेर लगेका अन्नपूर्ण गाउँपालिका–६ खिवाङका कृषक मानबहादुर गर्बुजाले बताए। म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको ६,७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर