नेभिगेसन मेनु

सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग
सम्पादक:南亚网络电视
समय:2024-07-25 13:06

Untitled-1

वराहक्षेत्र, साउन १० गते । सुनसरीमा पछिल्लो समय रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । कृषिका लागि उर्वर मानिने सुनसरीमा वार्षिक १२ हजार ४५९.६०० मेट्रिक टन रासायनिक मलको प्रयोग हुँदै आएको छ । जिल्लामा गत वर्ष १० हजार पाँच सय मेट्रिक टन रासायनिक मलको प्रयोग भएको कृषि सामग्री कम्पनी इटहरीले जनाएको छ । 

रासायनिक मलको प्रयोग कम गरे बाली नै नफस्टाउने र कम फल्ने हुँदा रासायनिक मलको प्रयोग दिनप्रतिदिन बढाउनु परेको किसानको भनाइ छ । प्रकाशपुरका कृषक सीताराम चन्द्रवंशी भन्नुहुन्छ, “रासायनिक मलबिना खेती राम्रो नहुने हुँदा बर्सेनि मलको मात्रा बढाउनु परेको छ ।” उहाँले दुई बिघा खेतमा वार्षिक छ बोरा डिएपी, छ बोरा युरिया र तीन बोरा पोटास प्रयोग गर्दै आएको बताउनुभयो । 

कृषि सामग्री कम्पनी लिमिटेड इटहरी शाखाका सूचना अधिकारी राम काफ्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा युरिया मल आठ हजार पाँच सय, डिएपी पाँच हजार, पोटास पाँच सय र कृषि चुन २३१ मेट्रिक टनको वार्षिक लक्ष्य राखिएकोमा युरिया मल सात हजार १४१.०५० मेट्रिक टन, डिएपी ४८७७.१५० मेट्रिक टन, पोटास ४४१.४ र कृषि चुन २१० मेट्रिक टन बिक्री भएको काफ्लेले जानकारी दिनुभयो । जिल्लामा डिलर लिएका १३१ वटा कृषि सहकारी संस्थाले रासायनिक मल लगेर बिक्री गर्ने गरेको कार्यालयले जनाएको छ । सहकारीबाहेक कृषि अनुसन्धान केन्द्र तरहरा, बिउबिजन अनुसन्धान केन्द्र झुम्का, जुट अनुसन्धान केन्द्र इटहरीले पनि रासायनिक मल लैजाने गरेको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

किसानले मलको मात्रा नमिलाई प्रयोग गर्दा माटोको अम्लीयपन बढ्दै जाने र माटोको उर्वराशक्ति कम हुँदै जाने भए पनि किसानले बढी मलको प्रयोग गर्ने गरेका छन् । युरिया र डिएपीको मात्रा बढी लगाउने, पोटासको मात्रा कम लगाउँदा माटोमा प्रमुख खाद्य तìवको मात्रा नमिल्दा माटोको उर्वराशक्ति घट्ने र मल बढी लाग्ने कृषि विज्ञको भनाइ छ । किसानले रासायनिक मलको मात्रा बढाउँदै जाने र कम्पोस्ट मल हाल्नै छाडेपछि माटोको सन्तुलन बिग्रँदै गएको कृषि अनुसन्धानालय कोशी प्रदेश तरहराका बाली विज्ञान प्राविधिक अधिकृत विनोद यादव बताउनुहुन्छ । गाउँमा गाईवस्तु पाल्नै छाडेपछि कम्पोस्ट मलको प्रचलन हराउँदै गएर खेतबारी रुखो हुँदै गएको छ । युरिया मलमा हाइड्रोजन आयोन बढी हुने हुनाले युरिया बढी प्रयोग भएको ठाउँमा अम्लीयपन बढ्दै जान्छ । यसलाई न्यूनीकरण गर्न क्याल्सियम (कृषि चुन) को प्रयोग गर्नुपर्ने हुन्छ तर यसको प्रयोग नहुँदा माटोको अवस्था दिनदिनै बिग्रँदै गइरहेको छ ।

सुनसरीमा अहिले मलको अभाव नभएको सूचना अधिकारी राम काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कृषि सामग्रीमा युरिया ४१८.६००, डिएपी एक हजार छ सय र पोटास १३.१०० मेट्रिक टन रासायनिक मल मौज्दात छ । मलको अभाव छैन ।” जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर