नेभिगेसन मेनु

विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोड बढी क्षति
सम्पादक:南亚网络电视
समय:2024-07-04 11:31

bpd

असार १९ गते । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताउनुभयो । 

हावाहुरीबाट दुई करोड ७६ लाख ४० हजार, बाढीबाट एक करोड ५० लाख, आगलागीबाट नौ करोड ८३ लाख ६ सय र चट्याङले आठ लाख ४४ हजार तीन सय बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीन जना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिनुभयो । रासस 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर