नेभिगेसन मेनु

पक्की पुलको पिल्लर जोखिममा
सम्पादक:南亚网络电视
समय:2024-07-23 11:42

Untitled-1 (1)

साउन ८ गते । सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा निर्माणाधीन पक्की पुलको पिल्लर जोखिममा परेको छ । बर्खा लागेसँगै हेक्पाखोलामा पानीको बहाव बढ्दा पुलका लागि निर्माणाधीन दुवै पिल्लर जोखिममा परेका हुन् । पुल निर्माणको जिम्मा लिएको सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि लङ्कबहादुर शाहीले गत असार २० देखि सुरु भएको वर्षाले हेक्पाखोलामा निर्माणाधीन पक्की पुलका दुई वटै पिल्लर जोखिममा परेको बताउनुभयो । उहाँले अझै पश्चिमतर्फको पिल्लर झनै बढी जोखिममा रहेको बताउनुभयो । बढी जोखिम भएको पिल्लरको जमिनमुनि गाडेको भागभन्दा केही माथिसम्म पानीले माटो बगाइसकेका कारण उक्त पिल्लर भविष्यका लागि पनि जोखिममा रहने देखिएको छ । पुलको ढलानको काम सुरु गर्ने तयारी गर्दागर्दै बर्खा लागेकाले हाल बनेको संरचना जोखिममा परिरहेका छन् । बर्खा लागेसँगै पानीको बहाव बढेपछि हाल पुलको काम रोकिएको छ । 

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले पानीको बहाव बढेसँगै संरचना जोखिममा पर्न थालेको स्वीकार गर्नुभयो । पुल विगत सात वर्षदेखि निर्माणाधीन छ । पुल निर्माणको काम सुस्त गतिमा भएको भन्दै स्थानीयले विरोध गर्न थालेका छन् । सिमकोट–हिल्सा सडक सुचारु गर्न उक्त खोलामा दुई पटक गरी ५५ लाख रुपियाँको लागतमा काठेपुल निर्माण भइसकेको छ भने हाल २० लाख रुपियाँको लागतमा नयाँ काठेपुलको निर्माण भइरहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर