नेभिगेसन मेनु

पुल बनाउने ठेकेदार दुई वर्षदेखि बेपत्ता, जनतालाई सास्ती
सम्पादक:南亚网络电视
समय:2024-07-06 14:05

asdfgba

कालीकोट, असार २२ गते । कालीकोटको फुगाढमा बेलिबज बगाएको चार वर्ष भयो ।  पुनः पुल निर्माणका बिकोई बिल्डर्स प्रालि काठमाडौँसँग पुल निर्माणका लागि दुई वर्ष अगाडी सरकारले सम्झौता गरेपछि ठेकेदार सम्पर्क विहीन भएपछि जनताले सास्ती खेप्नु बाध्य भएका छन् । 

बर्सादसँगै बाढी आएपछि आवतजावत नै बन्द हुने गरेको छ भने पुल निर्माणको जिम्मा पाएको नियामक निकाय समेत ठेकेदारसँग साठगाँठ बढाएर कानमा तेल लगाएर बस्ने गरेको स्थानीयबासीको आरोप छ । 

कर्णाली कोरिडोर अन्तरगतको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने यो फुगाढ हिजोआज मुख्य चुनौति नै बनेको छ । पुल नबन्दा हरेक बर्सातमा हजारौँ यात्रु र यातायातका साधनले सास्ती पाइरहेका छन् । 

कोरिडोरको प्रवेश द्वार खुलालु पुल देखि १९ किलोमिटर बाजुरा, हुम्ला खण्ड पर्ने फुगाढमा पानी बडेमा कालीकोटको पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र बाजुरा, मुगु, हुम्ला जिल्लाका यात्रुले सास्ती पाउने गरेका छन् । पलाँता ९ का नन्दसिंह बमले आफू काम विशेषले सुर्खेत जान खोज्दा एक दिन भरी फुगाढमा रोकिनु परेको बताउनुभयो । 

कोरिडोर निमार्णका बेला फुगाढमा बनेको १८ मिटर लामो बेलीबृज २०७७ साल साउनमा आएको बाढीले बगाएको चार वर्ष बिते पनि अझै पुल निमार्ण भएको छैन । कोरिडोर निमार्ण गर्ने नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेकाले पुल निमार्ण गर्न नसकिने पहिला नै बताई सकेको थियो । उता सडक विभागले पनि फुगाढमा पुल बनाउने कुनै पनि योजना बनाएको छैन । 

गत वर्ष तुरुन्तै ठेक्का गर्ने भनेर बताए पनि अहिले सम्म त्यसको कुनै पहल नभएको पाइएको छ । हिल्सा सिमकोट सडक आयोजना हुम्ला कार्यालयका योजना प्रमुख डेलवहादुर नेपालीले बिकोई बिल्डर्स प्रालि काठमाडौँ नेपाल नामको निमार्ण कम्पनीले कोरिडोरका तीन वटा पुल निमार्णको जिम्मा लिएको भए पनि काम अझै सुरु नगरेको बताउनुभयो । तर किन गर्न सकेन र कारबाही किन गरिएन भनेर स्थानीयले प्रश्न गर्दा उहाँले यस्तै हो भन्दै आलटाल गर्ने गरेका छन् । 

२०७९ साल असार ३० गते ठेक्का सम्झौता भए पनि अहिले सम्म काम सुरु भएको छैन । उक्त निर्माण कम्पनीले यो मात्र नभएर खुलाल खोला, सान्नीगाढ खोला र फुगाढ गरि तिन वटा पुल निमार्णका लागि सम्झौता गरे पनि काम सुरु नगरी जनतालाई सास्ती दिँदै आएको छ । 

तर दुई वर्ष बितिसक्दा पनि काम सुरु नगरेको प्रति स्थानीय नागरिक आक्रोशित छन् । हुम्ला स्थानीय कालीबहादुर थापाले राजनीति दलका नेता र सम्बन्धित कार्यालयकै कमजोरीका कारणले कोरिडोरको जोखिम बढिरहेको बताउनुभयो । उहाँले खोलामा पुल छैनन् । सम्झौता भएको दुई वर्ष सम्म पनि काम सुरु हुँदैन र दलका नेता बुद्धिजीवीहरू नसुने झैँ गर्ने भएकाले निमार्ण कम्पनीले पनि चासो नराखेको थापाको भनाई छ । समयमा कोरिडोरका खोलाका पुल निमार्ण नहुनु र सडकको स्तरउन्नती नभएका कारणले नागरिकले सास्ती खेप्दै आएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर