नेभिगेसन मेनु

सुक्खा पहिरो जाँदा सवारीसाधनलाई सास्ती
सम्पादक:南亚网络电视
समय:2024-07-04 11:43

222

असार २० गते । कर्णाली कोरिडोर अन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा यातायातका साधनलाई गुड्न सास्ती हुने गरेको छ । दैनिक सुक्खा पहिरो झरिरहँदा यो सडकखण्डमा मालवाहक सवारीसाधनलाई गुड्न असजिलो हुने गरेको हो । 

सुर्खेतबाट सामान ढुवानी गर्दै आउनुभएका ट्रकचालक जानबहादुर मगरले खच्चामा सडक बिग्रिएका कारण आफूहरूले निकै सास्ती खेप्नु परिरहेको बताउनुभयो । उहाँले सुक्खा पहिरो खसेको समय सडक बन्द हुने र पानी परे हिलाम्मे सडकमा यातायातका साधन सञ्चालन गर्न कठिन हुने भएका कारण समस्यै समस्या भोग्नु परिरहेको गुनासो गर्नुभयो । उहाँले दैनिक जसो सवारीसाधन घण्टौँसम्म फस्ने गरेकाले सबैलाई सास्ती हुने गरेको बताउनुभयो । सवारीसाधनमा मालसामानसँगै पहिरो पन्छाउने औजारसमेत बोकेर जानुपर्ने बाध्यता रहेको र पहिरो पन्छ्याउँदा घण्टौँ लाग्ने गरेको पीडा पोख्नुभयो । कहिलेकाहीँ त गाडीको सामान झारेर सवारीसाधनलाई धक्का लगाउनुपर्ने अवस्थासमेत आउने गरेको उहाँले बताउनुभयो ।  

अर्का सवारीचालक शान्तबहादुर शाहीले खच्चा क्षेत्रको भौगोलिक बनावट नै पहिरो खस्ने भएका कारण दैनिक यातायातका साधनले सास्ती खेप्नु परिरहेको बताउनुभयो । जिल्लामा मालसामान भित्र्याउने मालबाहक गाडी फस्दा वारपार गर्न निकै गाह्रो हुने गरेको छ भने कहिलेकाहीँ त जिल्लाबाट रित्तै फर्किंदै गरेका सवारीसाधन पनि हिलो र पहिरोमा फस्ने गरेका छन् । 

उहाँले यातायातका साधनले हुम्ला आउँदा मात्र नभएर फर्कंदा पनि खाली गाडी हुने भएका कारण बालुवा, ढुङ्गा बोकेर चलाउनुपर्ने बाध्यता रहेको सवारीचालक मगरले  बताउनुभयो । उहाँले खच्चा क्षेत्रको तीन सय मिटर सडक आउनेबित्तिक्कै मनमा डर लागेर आउने भए पनि अन्य विकल्प नभएका कारण सो सडक पार गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेल खच्चाको सडक क्षेत्रमा पहिरो जाँदा बाटो खुलाउन बाजुरास्थित सडक कार्यालयलाई पत्राचार गरिएको बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर