नेभिगेसन मेनु

इन्धनको मूल्य घट्यो भाडा घटेन
सम्पादक:南亚网络电视
समय:2024-06-23 11:48

asdfhsdf

असार ९ गते  । यातायातका साधनका लागि इन्धनको मूल्य घटेको भए पनि भाडा नघटेको पाइएको छ । नियमनकारी निकायबाट भाडाको पुनरावलोकन नहुनु र यातायात व्यवसायीले आफू खुसी भाडा तोक्ने गरेको कारण भाडा घट्न नसकेको हो । 

खार्पुनाथ गाउँपालिका– ५ का भिमराज शाहीले यातायातका साधनका लागि प्रयोग हुने इन्धनको मूल्य घटेको भए पनि भाडा भने घट्न नसकेको बताउनुभयो । चार वर्ष अगाडीदेखि सिमकोटबाट खार्पुसम्मको बाह्र किलोमिटर दुरीको सडकमा यात्रा गर्दा सात सय रुपियाँ भाडा लिने गरिँदै आएको छ । त्यो पनि चौध जना यात्रु पुगेपछि मात्र ती यातायातका साधनले यात्रु बोक्ने गर्छन् । त्यो भन्दा कम पाँच जनासम्म यात्रु भए प्रतियात्रु एक हजार रुपियाँ भाडा असुल्ने गरिएको उहाँले बताउनुभयो ।

यसअघि इन्धन सलीसल्ला र सर्केगार्डबाट खच्चडमा ढुवानी गर्नु पर्ने र ढुवानी दर पनि बढी तिर्नु परेको कारण महँगो पर्ने गर्थ्यो । उहाँले तर अहिले खार्पुसम्म इन्धन गाडीमै सस्तोमा ढुवानी भएर आउने गरेको भए पनि भाडा घट्न नसकेको उहाँले बताउनुभयो । जब कि पहिले इन्धनको मूल्य प्रति लिटर ३५० रुपियाँ पर्ने गर्थ्यो तर अहिले प्रतिलिटर २५० पर्ने गर्छ । उहाँले इन्धनको मूल्य यत्रो घट्दा पनि भाडा नघट्नु राज्यको उपस्थिति नभएर हो कि भन्ने भान हुन थालेको बताउनुभयो । 

अर्को कुरा अहिले खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएको कारण यातायातका साधन पनि धेरै भित्री सकेका छन् । उहाँले प्रतिस्पर्धात्मक रूपमा यातायातका साधन सञ्चालन हुनु पर्नेमा त्यो हुन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । उक्त वडाका वडा अध्यक्ष भरत जङ्ग शाही भाडा  महँगो र यातायात व्यवसायीको आफू खुसी निर्धारित हुँदै आएकोले यात्रुहरू मारमा परेको बताउनुभयो । उहाँले अब भाडा पुनरावलोकन स्थानीय प्रशासनले गर्नु पर्ने बताउँदै यातायात सेवा जोडिएको महसुस हुम्लावासीले गर्न पाउनु पर्ने बताउनुभयो । 

भाडा महँगो भएको गुनासो आएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । अब चाँडै सरोकारवाला पक्षसँग बसेर भाडालाई पुनरावलोकन गरिने प्रशासनले जनाएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर