नेभिगेसन मेनु

विद्यालयभित्र फलफूल बगैँचा
सम्पादक:南亚网络电视
समय:2024-06-10 11:50

ertfgjhegrtf

जेठ २८ गते । झट्ट हेर्दा फलफूलको बगैँचा जस्तै लाग्छ । दुई दर्जन बढी फलफूलका बिरुवा विद्यालयको प्राङ्गणमा देखिन्छ । बगैँचाभित्र अहिले २० बोटमा लटरम्मै आँप फलेको छ । यहाँ पुग्ने जो कोहीलाई टक्क रोकिन्न मन लाग्छ र फलेका आँप हेरिरहूँ जस्तै हुन्छ । 

हो, हेटौँडा उपमहानगरपालिका वडा नं. ९ मा रहेको दिव्य ज्योति आधारभूत विद्यालय परिसरमा आँप, लिची, कटहर, एभोकाडो,कागती र फुलका बिरुवा देखिन्छ । एक निगाह क्षेत्रमा रहेको विद्यालय परिसर बोटबिरुवा र वातावरण मैत्री रहेको छ । 

विद्यार्थीले नै यहाँको बोटबिरुवा संरक्षण र जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् भने फलेका आँप शिक्षकको अनुमति बिना विद्यार्थीले टिप्दैनन् । कक्षागत विद्यार्थीको नाम राखेर बिरुवामा पानी, मल हाल्ने र आफ्नो नाममा भएको बिरुवा संरक्षण गर्ने तालिका समेत तयार गरी विद्यार्थीलाई जिम्मेवारी दिइएको छ । ‘फल जोगाउन हामीले विद्यार्थीको नाम अनुसार बोटमा नम्बर राखेर विद्यार्थीलाई बोट नै जिम्मा लगाएका थियौँ, अहिले बाल समूह बनाएर साना भाइबहिनीलाई पाकेपछि खानुपर्छ भनेर सिकाएका छौँ,’– विद्यालयका प्रधानाध्यापक मन्जुकुमारी सुवेदीले भन्नुभयो । 

विद्यालय परिवार अनुसार यहाँ फलेका आँप पाकेपछि विद्यार्थीलाई नै बाँड्ने तथा धेरै उत्पादन हुँदा त्यसलाई बिक्री गरेर भएको आम्दानी विद्यालयका लागि खर्च गर्ने गरिएको छ । जङ्गल छेउमै रहेको विद्यालयमा बेला–बेला आउने बाँदरले फल टिप्ने गरेको प्रअले बताउनुभयो । सामुदायिक विद्यालयमा सानैदेखि बोट बिरुवाको संरक्षण गर्न सिकाएको यो एउटा नमुनाको कार्य पनि हो । बोट बिरुवा संरक्षणमा विद्यालय स्तरबाटै वृक्षारोपण र जोगाउने संस्कृतिले वन तथा वातावरण संरक्षणमा टेवा पुग्ने शिक्षिकाहरूको विश्वास छ । 

२०४६ सालमा स्थापना भएको यस विद्यालयमा हाल वाल कक्षादेखि पाँच सम्म अध्यापन हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक सुवेदीका अनुसार यस विद्यालयमा ११० जना विद्यार्थी अध्ययनरत रहनुभएको छ । हेटौँडा ९ र हेटौँडा–१४ ड्राइभरडाँडाका कमजोर आर्थिक अवस्था भएका अभिभावकका बालबच्चा यहाँ अध्ययन गर्ने गरेको प्रअको भनाई छ । ‘हाम्रो विद्यालयमा आउने अधिकांश विद्यार्थी सँग कपी, कलम, विद्यालय पोसाक हुँदैन, धेरै विद्यार्थीका अभिभावक बालुवा चालेर, गिट्टी कुटेर जीविकोपार्जन गर्नुहुन्छ,’–प्रअ सुवेदीले भन्नुभयो । 

विद्यालयका लागि पर्याप्त शिक्षक नहुँदा प्रअ आफैँले सातै घण्टी लिनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । विद्यालयमा दुई जनाको दरबन्दी रहेकोमा एक जना बेतलबी बिदामा विदेश जानुभएको छ भने वडाबाट एक जना  शिक्षकको लागि प्राप्त भएको रकमबाट दुई जना राखेर शिक्षण गराइरहेको प्रअले बताउनुभयो । विद्यालयमा साना ठुला गरेर पाँच वटा कोठाहरू रहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर