नेभिगेसन मेनु

‘लण्डन टु पेरिस’बाट आफ्नो स्टारडम फर्किनेमा साम्राज्ञी आफैंलाई छैन विश्वास
सम्पादक:南亚网络电视
समय:2024-05-30 16:09

samagri_kabDG9fmH1 (1)

काठमाडौं : फिल्म ‘ड्रिम्स’बाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञी आरएल शाहको पहिलो फिल्मबाटै स्टारडम बनेको थियो। उनले फिल्म ‘नाङ्गो गाउँ’मा अभिनय गर्दासम्म पहिलो फिल्म हुँदै पाएको स्टारडम गुमाइन्। पहिलो फिल्मताकाको साम्राज्ञीको त्यो क्रेज देखेर हरेक अभिनेत्री उनको डाहा गर्थे। तर अहिले उनको त्यस्तो अवस्था छैन। 

गाउँले भन्दा शहरिया भूमिकामा आफूलाई स्थापित गरेकी साम्राज्ञी अभिनित फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ। यो फिल्ममा पनि उनी शहरिया पात्रको भूमिकामा छिन्। यो फिल्मको ट्रेलर र गीत हेर्ने हो भने त्यो पुरानो क्रेज खल्र्याकखुर्लक घटेको देखिन्छ। 

सोमबार यही फिल्मको प्रमोसनमा भेटिएकी साम्राज्ञीलाई यो फिल्मबाट स्टारडम फर्कन्छ भन्ने लाग्छ? भन्ने प्रश्नको जवाफमा उनले आफूलाई मात्र नभएर हरेकलाई आफ्नो स्टारडम फर्कियोस् भन्ने चाहने हुने बताइन्।

‘सबै जनालाई हुन्छ नि हैन र,त्यो त हाम्रो ह्युमन नेचर नै हो नि,’ उनले भनिन्, ‘सबैलाई आफ्नो काम राम्रो गर्न मन लाग्छ। राम्रो काम भएर सबै जनाले हामीलाई, मन पराइदिनु भएको हो नि।’

उनको उक्त जवाफ सुनिसकेपछि पत्रकारले फेरि सोधे- तपाई यो फिल्मबाट कतिको आशावादी हुनुहुन्छ? उनले जवाफमा आफू त्यति आशावादी नभएको भन्दै फिल्म ठिकठिकै हुने बताइन। 

घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञीका अलावा कबिर खड्का, निश्चल खड्का ,गरिमा शर्मा लगायतको अभिनय रहेको छ। फिल्म यही जेठ २५ गते अल नेपाल रिलिज हुँदैछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर