नेभिगेसन मेनु

संरक्षणको पर्खाइमा बाङ्गकोटको गुफा
सम्पादक:南亚网络电视
समय:2024-05-09 12:01

jajarkot

वैशाख २७ गते । सरकारले ध्यान दिन नसक्दा जिल्लाका पर्यटकीय गन्तव्य ओझेलमा परेका छन् । पर्यटकीय गन्तव्यका रूपमा रहेको छेडागाड नगरपालिका–३ स्थित बाङ्गकोट मालिका धार्मिक हिसाबले महत्वपूर्ण भए पनि सरोकारवाला पक्षले संरक्षण र प्रचारप्रसार नगर्दा ओझेलमा परेको हो । 

प्राकृतिक सुन्दरतासँगै धार्मिक र ऐतिहासिक महत्व बोकेका धार्मिक गन्तव्यस्थल सुधार नहुँदा यहाँको गुफाले महत्व पाउन सकेको छैन । छेडागाड नगरपालिका–३ का स्थानीय बहादुर सिंहले १९१८ सालमा खोरिया खनी जग्गा बनाउने क्रममा कोदालोले खन्दा हात छुट्टिएको शिव पार्वतीसहितको आकृति भएको मूर्ति फेला परेपछि राख्ने ठाउँ नहुँदा बाङ्गकोट मालिकाडाँडामा सुरक्षित स्थानमा राखिएको बताउनुभयो । 

यस्तै अर्का स्थानीय पूर्णप्रसाद अधिकारीका अनुसार कोदालोले खन्ने क्रममा मूर्तिको दायाँ हात काटिएको छ । यहाँ साउन पूर्णिमाका दिन गाउँबाट पूजाआजा गर्न आउने, दुध चढाई आफूलाई आवश्यक भएको वस्तु वरदान माग्ने, नाचगान गरी शिव पार्वतीको आराधना गरिन्छ । 

पुजारीले गुफाबाट मूर्ति ल्याउने र सर्वसाधारण भक्तिपूर्वक पूजा गरी घर फर्कने गर्छन् । सोही दिन पुजारीले फालेका फलफूल टिपेपछि वरदान पाइने विश्वास छ । पुजारीले गुफाबाट मूर्ति ल्याएर पूजा गरी पुनः गुफाभित्र राख्ने गरेको अधिकारीले बताउनुभयो । करिब पाँच सय मिटरभन्दा गहिरो स्थानमा पुगेर शिव पार्वतीको मूर्तिको दर्शन गर्न उकालो चढेर गुफा जानु पर्छ । 

गुफा संरक्षणका लागि तीन तहका सरकारले पहल नगरेपछि भौतिक विकास र प्रचारप्रसारको कमीका कारण ओझेलमा परेको छ । जतिबेला गुफामा पसे पनि मूर्ति फेला नपर्ने तर पूर्णिमाका दिन भेटिने गरेको स्थानीयवासीको भनाइ छ । 

पहाडको टुप्पोमा गुफा अवस्थित छ । वरिपरि बराबर जमिन करिब पाँच मिटरभन्दा गहिरो भए पनि गुफा सुक्खा छ । केही वर्षपहिलेसम्म गुफा पुग्न ओरालो झरेर काठको सिँढी लगाएर जानु पथ्र्यो । दर्शन गर्न आउने पर्यटकलाई सहज बनाउन स्थानीयवासीको श्रमदानबाट सिँढी बनाइएपछि गुफामा सजिलै जान सकिन्छ । 

स्थानीय सरकारले चासो नलिएपछि छेडागाड नगरपालिकाभित्रका मालिका गुफा, पजारुमा अवस्थित चैतु गुम्बा, भेरी नगरपालिका–६ को मालिका मन्दिर, शिवालयको शिव मन्दिर, साङ्गट गुफा, कुसे गाउँपालिकाको मष्टा मन्दिर, भेरी नगरपालिका–१३ को भुमेश्वर गुफा, जगतिपुरमा अवस्थित जगतिसिंह राजाको दरबार, वायुबाट चल्ने वायु घट्ट, जाजरकोट दरबार संरक्षणको पर्खाइमा छन् । धार्मिक तथा पर्यटकीय स्थल व्यवस्थित नगर्दा ओझेलमा परेका हुन् । 

छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले धार्मिक महत्व बोकेका स्थानलाई सुधार गर्दै लैजान आवश्यक भएकाले स्थानीय सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । पर्यटकीय गन्तव्यको संरक्षणले ग्रामीण बस्ती विकास गर्न सकिने भएकाले त्यसबारे सोच बढ्न थालेको उहाँको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर