नेभिगेसन मेनु

जिल्ला जनप्रतिनिधि अन्नपूर्ण शिविरमा
सम्पादक:南亚网络电视
समय:2024-05-04 12:27

Annapurna-Bes-(13)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने उत्तरी अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि तथा सुरक्षा निकायको टोली पुगेर फर्केको छ । 

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहितको टोली अन्नपूर्ण बेसक्याम्प पुगेर फर्केको हो । जिसस थापासहित म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रतिनिधिसभाका पूर्व सदस्य भूपेन्द्र थापासहित ६० जनाको टोली नर्थ अन्नपूर्ण प्रवर्धनका लागि स्थलगत अध्ययन गरी फर्केको छ । 

जिसस प्रमुख थापा, उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन लगायतको टोली पदयात्रामा सहभागी थियो । 

अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त ट्रेकिङपछि उच्च स्थानको म्याराथुनका लागि अन्नपूर्ण म्याराथनको समेत सम्भाब्यता अध्ययनबारे धारणा बनाइने अन्नपूर्ण गाउँपालिकाका प्रमुख भारतकुमार पुनले जानकारी दिनुभयो । 

समुद्री सतहदेखि चार हजार एकसय ९० मिटरको उचाइमा पुगेर समन्वय बैठक समेत भएको जिल्ला समन्य समिति म्याग्दीका प्रमुख थापाले जानकारी दिनुभयो । पर्यटन प्रवर्धनका साथै अन्नपूर्ण पदमार्गलाई थप व्यवस्थित गरी दिगो बनाउने पनि निर्णय भएको थापाको भनाइ छ । जिल्लाका सबै पर्यटकीय स्थलको प्रवर्धनका लागि सामुहिक प्रयत्न गर्ने निर्णय भएको छ । त्यस्तै बैठकले पर्यटन बोर्ड पोखरा कार्यालयलाई पर्यटन दिवसको कार्यक्रम अन्नपूर्ण गाउँपालिकामा गर्नका लागि आग्रह गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

बैशाख १९ गते सुरु भएको पदयात्रा २१ गते सकिएको छ । १९ गते अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट सुरु भएको यात्रा अन्नपूर्ण बेशक्याम्प पुगेर आन्तरिक छलफल तथा समन्वयात्मक बैठकपछि पुनः पोखरेबगर आएर टुंगिएको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर