नेभिगेसन मेनु

मङ्गलबारबाट प्रदेश अधिवेशन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-27 13:28

Untitled-1 (2)

फागुन १५ गते । बागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिनको प्रदेश सभा बैठकको कार्यसूची तय भएको छ । प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको प्रदेश सभा सचिवालयमा सोमबार बसेको बैठकले मङ्गलबारबाट सुरु हुने अधिवेशनको पहिलो दिनको प्रदेश सभा बैठकको कार्यसूची तय गरेको हो । 

प्रदेश सभाको हिउँदे अधिवेशन मङ्गलबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश सभाको मङ्गलबार बैठकमा पेस हुने विषयको प्राथमिकता र समयावधिको निर्धारणलगायतका विषयमा छलफल भएको जनाइएको छ । 

जुटेन सहमति 

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आइतबार बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका नेताको सहभागिता रहेको सर्वदलीय बैठकमा प्रदेश सभा अन्तर्गतका समितिको सभापति चयन र बजेटका सम्बन्ध प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमित कार्यान्वयनलगायतका विषयमा छलफल भएको थियो । 

सरकारले बजेटका सम्बन्धमा विपक्षी दलहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नहुँदा सरकार र विपक्षी दलहरूबिच विवाद कायम रहेकै अवस्थामा सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । मूलतः यिनै दुई विषयमा सर्वदलीय बैठक चार घण्टा बसेको थियो । नेकपा (एमाले) बागमती प्रदेश सभाका प्रमुख सचेतक मधुसूदन पौडेलले बैठकमा विपक्षी दलका नेतासँगै सरकारका तर्फबाट आफ्नो धारणा राखे पनि सहमति नजुटेको जानकारी दिनुभयो । 

उहाँले प्रदेश सभा अन्तर्गतका समितिको सभापति चयनबारे छलफल गर्न कार्यदल बने पनि थप निर्णय नभएको बताउनुभयो । बागमती प्रदेश सभा गठन भएको १४ महिना पुग्दै लाग्दा अझै पनि प्रदेश सभा अन्तर्गतका समितिहरू नेतृत्वविहीन रहेका छन् । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सर्वदलीय बैठकमा बजेट सम्बन्धमा यसअघि भएको प्रतिबद्धता कार्यान्वयन र विषयगत समितिको सभापतिको निर्वाचनबारे छलफल भएको बताउनुभयो । 

उहाँले बजेटबारे सहमति नबनेको भन्दै विषयगत समितिको सभापति चयनका बारेमा छलफल गरी परामर्श दिन नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा प्रदेश सभाका प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक रहेको कार्यदल बनाउने सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यदलले विषयगत समितिको सभापति चयनबारे छलफल गरी परामर्श दिने छ । सर्वदलीय बैठकमा छलफल भएका विषयमा सहमति नजुटेपछि माघ १५ गते बिहान ८ बजे पुनः बैठक बस्ने सहमति भएको जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर