नेभिगेसन मेनु

सडक निर्माण योजना प्रभावित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-26 12:51

sadak-news-photo-(5)

फागुन १४ गते । बजेटको स्रोत सुनिश्चित भई बहु वर्षीय ठेक्का लगाएको  जिल्लाको एक सडक योजनामा बजेट नआउँदा योजना कार्यान्वयन प्रभावित बनेको छ । अर्थ मन्त्रालयले बजेट नपठाउँदा  सडक डिभिजन कार्यालय बागलुङ मार्फत निर्माण भइरहेको  म्याग्दीको बेनी नगरपालिका १ रत्ने चौर देखि ज्यामरुककोट हुँदै भकुण्डे–भकिम्ली,बरंजा सडक निर्माण योजनामा बजेटको अभाव भएको हो । योजनामा काम गरे अनुसारको भुक्तानी नपाउँदा निर्माण व्यवसायीले काम छाड्ने तरखर गरेका छन् । 

‘एक निर्वाचन क्षेत्र,एक रणनैतिक सडक’ कार्यक्रम अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले २०७९ भदौ ६ गते २०८१ फागुन ५ गते भित्र योजना सम्पन्न गर्न निर्माण कम्पनी गजेन्द्र नयाँ बाटो जेभी स्याङ्जासँग करिब दश किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्रे गर्न २६ करोड ४६ लाख ३९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

ठेक्का सम्झौता लगत्तै मजदुर र उपकरण सहित कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले सडक निर्माणलाई तीव्रता दिएको थियो । समयभित्र नै योजना सम्पन्न गर्ने उद्देश्यले दैनिक रूपमा एक सय जना मजदुर र उपकरण परिचालन गरेर काम गर्यौं गजेन्द्र नयाँ बाटो जेभीका साइड इन्जिनियर अरुण सेढाईले भन्नुभयो, ‘‘अघिल्लो आर्थिक वर्ष काम गरेको नै करिब ४ करोड रुपियाँ भुक्तानी पाउनुपर्ने अझै पाएका छैनौँ । भुक्तानी नपाए पनि ऋण खोजेर चालु आर्थिक वर्षको अहिलेसम्म सडक निर्माणलाई निरन्तरता दियौँ । अब काम गर्न सक्ने स्थितिमा  छैनौँ ।’’ भुक्तानी नपाएपछि केही दिनभित्रमा मजदुर र उपकरण सहित कार्यस्थलबाट फर्किनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । 

‘‘अहिलेको आर्थिक सङ्कटमा पनि आफ्नो पैसा खर्चिएर अहिले सम्म काम ग¥यो अब धान्न सक्ने अवस्थामा छैंनौं, काम छाडेर हिँड्नु बाहेक हामीसँग अन्य विकल्प छैन’’ इन्जिनियर सेढाईले भन्नुभयो ।  

कार्यालयका अनुसार योजनामा सडक फराकिलो पार्ने,ग्रेड मिलाउने,ग्याबियन झाली लगाउने,पर्खाल लगाउने र नाली निर्माण गर्ने काम सहित अहिले सम्म करिब ३० प्रतिशत भौतिक प्रगति भएको छ । 

बजेट अभाव भएपछि अहिले योजनाको काम प्रभावित भएको निर्माण व्यवसायीका प्रतिनिधि भूपेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । निर्माण व्यवसायीका प्रतिनिधि खड्काले भन्नुभयो, ‘‘ पैसा नपाए पनि अहिले सम्म ऋण खोजेर काम गर्यौं । अब मजदुरको पारिश्रमिक,उपकरणको भाँडा लगायत निर्माण सामग्रीको रकम दिन सक्ने अवस्था छैन । अब काम रोक्नु बाहेक हामी सँग विकल्प छैन । एक हप्ता भित्र रकम आउँछ भनेर हामी साइडमा बसेका छौँ, पैसा नआए हात उठाएर साइडबाट फर्किन्छौँ ।’’ 

अघिल्लो आर्थिक वर्षमा ४ करोड र चालु आर्थिक वर्षको फागुन सम्म काम गरेको थप ३ करोड सहित सात करोड रुपियाँ निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ  । 

योजनाको पहिलो वर्ष निर्माण व्यवसायीले करिब दश करोड रुपियाँ बराबरको काम गरेका थिए । असार मसान्तमा पाँच करोड रुपियाँ भुक्तानी पाएको सडक डिभिजन कार्यालय बागलुङको भनाई छ । अघिल्लो आर्थिक वर्षको भुक्तानी गर्नुपर्ने दायित्व नै करिब चार करोड रुपियाँ छ कार्यालयका इन्जिनियर प्रभात तिवारीले भन्नुभयो, ‘‘यति ठुलो योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा जम्मा एक करोड रुपियाँ विनियोजन भएको छ ।’’  रकम भुक्तानी माग्न योजनाको फाइल तयार पारेर अर्थ मन्त्रालयमा पठाए पनि बजेट नआइसकेको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो, ‘‘निर्माण व्यवसायीले काम गरेको बिल अनुसारको भुक्तानीका लागि फाइल अर्थ मन्त्रालयमा पेस गरेका छौँ । अघिल्लो आर्थिक वर्षको असारमै बजेट आउँछ भनिएको थियो आएन । त्यसपछि पटक पटक आश्वासन दिइएको छ तर बजेट आएको छैन ।’’ स्रोत सुनिश्चित भएर ठेक्का लगाएको योजनामा बजेट जसरी पनि आउँछ काम नरोक्नु भनेर निर्माण व्यवसायीलाई कार्यालयका तर्फबाट अनुरोध गरिएको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर