नेभिगेसन मेनु

प्रदेश राजधानी जोड्न 'जनमुक्ति मार्ग'मा तीन चरणमा काम
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-30 14:20

lokmarga-road

माघ १६ गते । विपी लोकमार्गलाई प्रदेश राजधानी हेटौँडासँग जोड्नका लागि ‘जनमुक्ति मार्ग’ अन्तर्गत विभिन्न सडक खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ। प्रदेश राजधानीसम्म सडक मार्ग जोडि छोटो दुरीमा हेटौँडा पुग्नका लागि जनमुक्ति मार्ग अन्र्तगत हाल तीन चरणमा सडक स्तरोन्नती र कालोपत्रे गर्ने कार्य अघि बढाइएको हो । 

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजु श्रेष्ठले विपी लोकमार्गलाई प्रदेश राजधानी हेटौँडासम्म सडक सञ्जालमा जोड्नका लागि हाललाई तीन चरणमा काम भइरहेको बताउनुभयो । उहाँले विपी लोकमार्ग र हेटौँडा जोड्ने मदन भण्डारी राजमार्गसम्म जोड्नका लागि पहिलो चरणमा पिन्थली-रजबास-भूमिचूली-बुढाखानी-तीनखुट्टे १७ किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने काम द्रुत रुपमा भइरहेको बताउनुभयो । उहाँले उक्त सडक स्तरोन्नती तथा कालोपत्रेका लागि ६० करोड रुपियाँमा ठेक्का सम्झौतापछि काम भएकोले समपुरक अनुदानतर्फ चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारले २० करोड र प्रदेश सरकारले २० करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो । सिडिई श्रेष्ठले जनमुक्ति मार्ग अन्र्तगत नै महाभारत गाउँपालिकाको तीनखुट्टेदेखि गाउँपालिकाको केन्द्र देविटारसम्मको साढे आठ किलोमिटर सडक कालोपत्रे काम समेत भएको जानकारी दिनुभयो ।

यसैगरी तीनखुट्टेदेखि देविटार सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षका लागि चार करोड रुपियाँ बजेट विनियोजन भएको छ । उहाँले विपी लोकमार्गदेखि हेटौँडा जोड्ने सडकको स्तरोन्नती र कालोपत्रेका लागि तेस्रो चरणमा महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखि-घर्तीछाप-गोकुलेसम्मको नौ दशमलव ३८० किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रेको काम समेत सुरु भएको बताउनुभयो । उहाँले ३९ करोड रुपियाँमा निर्माण हुने उक्त सडक खण्डका लागि चालु आर्थिक वर्षका लागि सात करोड रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो । 

कार्यालयले जनमुक्ति मार्ग अन्र्तगत जिल्लाको खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गादेखि मकवानपुरको सिमाना सिक्रे दोभानसम्मको चार किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रेका लागि स्रोत सुनिश्चितता भएकोले उक्त सडक खण्डको कामको लागि दुई साताभित्र बोलपत्र आह्वान गरिने जनाएको छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विपी लोकमार्गलाई प्रदेश राजधानी जोड्नका लागि जनमुक्ति मार्ग महाभारत गाउँपालिकाभित्र हाल करिब ३५ किलोमिटर सडक स्तारोन्नती तथा कालोपत्रेको काम सुरु भएको बताउनुभयो । उहाँले जनमुक्ति मार्गको अन्य सडक खण्डमा काम भइरहेपनि तीनखुट्टेदेखि देविटारसम्मको सडक कालोपत्रे गर्ने काममा निर्माण व्यवसायीले लापर्वाही गरिरहेको बताउनुभयो । 

विपी लोकमार्ग र हेटौँडालाई सडक सञ्जालमा जोड्नका लागि काभ्रेपलाञ्चोकतर्फ विपी लोकमार्गदेखि पिन्थलीसम्मको करिब आठ किलोमिटर, महाभारत गाउँपालिकाको गोकुलेदेखि–खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गासम्मको करिब ११ किलोमिटर सडकको काम गर्न बाँकी छ । 

यस्तै मकवानपुरतर्फ मकवानपुरको झुरझुरे– भोर्लेनी–सिक्रेदोभानसम्मको करिब १३ किलोमिटर सडक निर्माणको काम गर्न बाँकी रहेको छ । हाल निर्माणको चरणमा रहेका सडक खण्ड र यी तीन खण्ड सडक स्तरोन्नती र कालोपत्रे भएपछि छोटो दुरीमा विपी लोकमार्गहुँदै हेटौँडा सहज रुपमा पुग्न सकिनेछ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर