नेभिगेसन मेनु

थप बजेट नहुँदा काम सुस्त
सम्पादक:南亚网络电视
लेखक:गाेरखापत्र
समय:2024-02-04 12:42

Untitled-1 (1)

माघ २१ गते । अरनिको राजमार्ग अन्तर्गत सडक विस्तारको काम भइरहेको भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्डका लागि सरकारले थप बजेट व्यवस्थापन नगर्दा निर्माणको काम सुस्त बनेको छ । सरकारले चालु आर्थिक वर्षका लागि पर्याप्त बजेट व्यवस्थापन नगरेपछि सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाले थप बजेटको माग गरे पनि मन्त्रालयबाट हालसम्म बजेट थप हुन नसक्दा काममा समस्या देखिएको छ ।  

मन्त्रालयबाट थप बजेटको व्यवस्थापन नभएपछि निर्माण व्यवसायीको काममा सुस्तता आएसँगै सडक आयोजना र सर्वसाधारणमा निर्माण व्यवसायीले सडक विस्तारको कामलाई रोक्ने हो कि भन्ने आशङ्कासमेत उत्पन्न भएको छ । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दीबास सडक आयोजनाका प्रमुख राजेन्द्रप्रसाद दासले सडक विस्तारको काम भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डका लागि मन्त्रालयसँग थप बजेट माग गरे पनि हालसम्म कुनै जानकारी नआएको बताउनुभयो । “सडक विस्तारका लागि दुई अर्ब रुपियाँ थप बजेट माग गरे पनि बजेट व्यवस्था हुन सकेको छैन, थप बजेट नआउँदा निर्माण व्यवसायीलाई काम गर्न समस्या हुने अवस्था आउने छ,” उहाँले भन्नुभयो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बजेट अभावका कारण निर्माण व्यवसायीले काम गर्ने मजदुरको सङ्ख्यासमेत कटौती गरेको बताउनुभयो । 

“सडक विस्तारका लागि चालु आवमा विनियोजन गरिएको ५४ करोड रुपियाँ बजेटमध्ये हालसम्म करिब ४७ करोड ४६ लाख रुपियाँ बजेट खर्च भइसकेको छ, व्यवसायीले काम गरेबापतको करिब २० करोड रुपियाँ रकम भुक्तानी गर्न बाँकी देखिएको छ,” खनालले भन्नुभयो । उहाँले काभ्रेपलाञ्चोकको साँगादेखि  धुलिखेलसम्मको ठेक्का पाएको लामा कन्स्ट्रक्सनले सुरुमा करिब पाँच सय जना मजदुर काममा लगाए पनि बजेट अभावका कारण पछिल्लो समय कटौती गरेर करिब सय जना मजदुरलाई मात्रै काममा लगाएको बताउनुभयो । “निर्माण व्यवसायीले मजदुर कटौती गरेसँगै सडकमा काम देखिएको छैन,” इन्जिनियर खनालले थप्नुभयो । 

उहाँले साँगादेखि धुलिखेल सडकखण्डमा हालसम्म करिब १८ प्रतिशत र सूर्यविनायकदेखि साँगासम्म करिब १४ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । हाल सूर्यविनायकदेखि धुलिखेलसम्म नै सडकमा टेवा पर्खाल लगाउने, कलभर्ट र ढल बनाउने काम भइरहेको आयोजनाले जनाएको छ । साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख र सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि आशिषकुमार श्रेष्ठ/बन्धन/भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर