नेभिगेसन मेनु

स्वास्थ्य संस्थामा छैन पर्याप्त सुविधा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-26 12:50

Untitled-1 (1)

फागुन १४ गते । काभ्रेपलाञ्चोकमा रहेका अधिकांश सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा भवन, खानेपानीको सुविधा, इन्टरनेट, बर्थिङ सेन्टर, गुरुयोजना र आफ्नै एम्बुलेन्स नरहेको पाइएको छ । स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले माग गरेको सरकारी स्वामित्वका स्वास्थ्य संस्थाको अद्यावधिक विवरणमा उक्त कुराहरू नरहेको देखिएको हो । 

मन्त्रालयले माग गरेको विवरण अनुसार जिल्लाको तेमाल गाउँपालिकाभित्र रहेका १३ वटा स्वास्थ्य संस्थामध्ये दुई वटा स्वास्थ्य संस्थामा पर्याप्त पानीको सुविधा नरहेको, ११ वटा स्वास्थ्य संस्थामा इन्टरनेटको पहुँच नपुगेको र नौ वटा संस्थामा बर्थिङ सेन्टरको सुविधा नरहेको उल्लेख गरिएको छ । पाँचखाल नगरपालिका अन्तर्गतका १२ वटा स्वास्थ्य संस्थामध्ये चार वटा संस्थाको आफ्नै भवन नरहेको, एउटा सहरी स्वास्थ्य केन्द्रमा पर्याप्त पानीको सुविधा नभएको र नौ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा नरहेको तथ्याङ्कले देखाएको छ । यस्तै १७ वटा स्वास्थ्य संस्था रहेको बनेपा नगरपालिकामा एउटा आधारभूत स्वास्थ्य केन्द्रको भवन र १७ वटै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा रहेको छैन । मण्डनदेउपुर नगरपालिकाभित्र १५ वटा स्वास्थ्य संस्था रहेकामा सबै स्वास्थ्य संस्थाको भवन रहे पनि पर्याप्त भने नभएको, नगर अस्पताल र एक स्वास्थ्य संस्थामा बर्थिङ सुविधा रहे पनि १३ वटा स्वास्थ्य संस्थामा बर्थिङ सुविधा नभएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

यसै गरी १७ वटा स्वास्थ्य संस्था रहेको धुलिखेल नगरपालिकाभित्र सात वटा संस्थामा मात्रै पर्याप्त भवन रहेको, तीन वटा संस्थामा मात्रै बर्थिङ सुविधा, चार वटा संस्थामा पर्याप्त पानीको सुविधा नरहेको, रोसी गाउँपालिकाका १५ वटा स्वास्थ्य संस्थामध्ये आठ वटा संस्थामा पर्याप्त भवन नरहेको, ११ वटा संस्थामा बर्थिङ सेन्टर नरहेको, दुई संस्थामा पानीको पर्याप्त सुविधा नरहेको र १३ वटा स्वास्थ्य संस्थामा इन्टरनेट सुविधा छैन । 

आठ वटा स्वास्थ्य संस्था रहेको बेथानचोक गाउँपालिकामा पाँच वटा स्वास्थ्य संस्थामा बर्थिङ सुविधा र तीन वटा संस्थामा इन्टरनेटको सुविधा छैन । १२ वटा स्वास्थ्य संस्था रहेको पनौती नगरपालिकामा अहिले पनि सात वटा स्वास्थ्य संस्थाको पर्याप्त भवन नरहेको, नौ वटा स्वास्थ्य संस्थामा बर्थिङ सुविधा नरहेको, १२ वटा स्वास्थ्य संस्था रहेको महाभारत गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा इन्टरनेटको पहुँच नपुगेको, चार वटा संस्थामा पर्याप्त भवन नभएको, सात वटामा बर्थिङ सेन्टर नरहेको र तीन वटामा पर्याप्त पानीको सुविधा नभएको पाइएको छ । 

त्यसै गरी जिल्लाको भौगोलिक रूपमा विकट रहेको खानीखोला गाउँपालिकामा रहेका आठ वटा स्वास्थ्य संस्थामध्ये हालसम्म सात वटामा बिजुलीको सुविधा पुग्न सकेको छैन, चार वटा संस्थाको भवन नभएको, छ वटामा बर्थिङ सुविधा नरहेको, तीन वटा संस्थामा पर्याप्त पानीको सुविधा नभएको र छ वटा स्वास्थ्य संस्थामा इन्टरनेटको सुविधा पुग्न नसकेको तथ्याङ्कले देखाएको छ । 

१३ वटा स्वास्थ्य संस्था रहेको नमोबुद्ध नगरपालिकामा ११ वटा स्वास्थ्य संस्थाका लागि भवन अपर्याप्त रहेको र १२ वटामा बर्थिङ सेन्टर भएको मन्त्रालयले माग गरेको विवरणमा उल्लेख छ । त्यस्तै जिल्लाको भुम्लु गाउँपालिकामा रहेका १५ वटा स्वास्थ्य संस्थामध्ये छ वटा संस्थामा पर्याप्त भवन नरहेको, नौ वटामा बर्थिङ सुविधा, एउटामा पर्याप्त पानीको सुविधा नभएको र एउटा स्वास्थ्य संस्थामा सडकको पहुँच नपुगेको पाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर