नेभिगेसन मेनु

विकास निर्माण जनताको आवश्यकता अनुसार गर्छौंः मन्त्री बस्नेत
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-11 12:55

dfgnd

पुस २६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसँग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ । बुधवार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री बस्नेतले आपत् विपद् र विकासका लागि नेता चाहिने बताउँदै आफू त्यसका लागि म सधैँ तयार रहेको बताउनु भयो ।

शिक्षा, स्वास्थ्य, विपद्को समयमा उद्धारमा, भौतिक विकासमा म निरन्तर लाग्नेछु । विकास निर्माणका कामसँग जनतालाई जोड्ने काम गर्छौँ, आपत् विपद् र विकासका लागि नेता चाहिन्छ, त्यसका लागि म सधैँ तयार छु ।तपाईँहरूले गलत ठाउँमा मत परेछ भनेर पाँच वर्षपछि पश्चात्ताप गर्नुपर्ने छैन मन्त्री बस्नेतले भन्नुभयो । उहाँले आफू सधैँभरि राम्रो काम गरेर जनताको मन जित्नु पर्छ भन्ने सोच भएको मान्छे भएको बताउँदै त्यही अनुसार काम गर्ने बताउनु भयो । 

मन्त्री बस्नेतले पिस्कर घटनाबाट एमालेले देशको राजनीतिमा बैतर्नी तर्‍यो तर सहिदका परिवारको जीवनस्तर उकास्ने र रोजगारी उपलब्ध गराउने ध्यान नदिएको भन्दै विगतमा गलत मानिसलाई जिताएर पिस्कर र त्रिपुरासुन्दरी गाउँपालिकाको बिकास पचास वर्ष पछाडि परेको बताउनु भयो । उहाँले आफू अर्को निर्वाचन क्षेत्रबाट निर्वाचित भएको भए पनि यस क्षेत्रको विकासका लागि पचास वर्षमा नभएको काम पाँच वर्षमा गर्ने प्रतिबद्धता जनाउनु भयो । 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्त ध्वज बोहोराले स्थानीय सरकारका सामु जहाँ गयो त्यही समस्या देखिन्छन् भन्दै सीमित स्रोत र साधन परिचालन गरेर चुनावी घोषणापत्रमा समेटिएका कुराहरू समेतलाई ध्यान दिएर शैक्षिक सुधार, मानव सूचकाङ्क विकास, भौतिक विकास लगायतका कामहरू गरिरहेको बताउनु भयो । 

त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष गीताकुमारी नेपालले गाउँपालिकाभित्र रहेका ३० वटा विद्यालयको स्तरोन्नतिको लागि काम गरेको बताउनु भयो । उहाँले वर्तमान जनप्रतिनिधि गाउँपालिकामा निर्वाचित भएपछि पहिलो बैठकबाटै कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू भइसकेको बताउँदै भौतिक विकास भन्दा शिक्षा स्वास्थ्य र मानव विकास महत्त्वपूर्ण, हामीले त्यता बढी ध्यान दिएको बताउनु भयो । 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले शिक्षकहरूले कक्षा कोठामा छिर्दा राजनीतिक पार्टीको झन्डा र डन्डा छोड्न सके मात्रै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन सक्ने बताउनु भयो । 

प्रधानाध्यापक घनश्याम पौडेलले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहयोगका साथै सङ्घीय सरकारबाट पनि पर्याप्त सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर