नेभिगेसन मेनु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2024-01-04 13:09

TIA

पुस  १९ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार  एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चारवटा एक्सरे मेसिन थपिएको छ । भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ ।”

नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम) कलेजसँग सम्झौता गरेर १५  विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको प्रमुख डा पाण्डे बताउनुभयो । उहाँका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहज हुने देखिएको 

यसैगरी विमानस्थल भन्सार कार्यालयले वृद्धवृद्धा अशक्त तथा गर्भवतीका लागि बस्ने व्यवस्थासमेत मिलाएको र भन्सार एरियालाई थप सौन्दर्यकरण गरिएको जनाएको छ । विगतमा  जाँचपास गर्न आधा घण्टा लाग्ने जनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर