नेभिगेसन मेनु

एउटै गाउँबाट ४९ लाखको जटामसी सङ्कलन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-19 15:00

jadibuti,-humla-Rajan

पुस ३ गते । हुम्लाको एउटै गाउँका स्थानीयले उनाइचास लाख भन्दा बढी मूल्यको जडीबुटी सङ्कलन गरेको पाइएको छ । खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँका स्थानीयले उक्त मूल्यको जडीबुटी सङ्कलन गर्नुभएको हो । 

उक्त गाउँका स्थानीय टेकबहादुर बुढाले यस वर्ष राँया गाउँवासी मिलेर सत्तरी क्विन्टल जटामसी सङ्कलन गर्न सफल भएको बताउनुभयो । यद्यपि गत वर्षभन्दा यो कम परिमाणको जडीबुटी सङ्कलन भएको हो । हाल गाउँमा  जटामसीको प्रतिकेजी सत्तरी हजार रुपियाँ मूल्य पर्ने गर्छ । उहाँले उक्त परिमाणको जडीबुटीको मूल्य उनपचास लाख हुने बताउनुभयो । 

वडाध्यक्ष च्यागा बोहराले यस वर्ष स्थानीयले एक केजीदेखि एक सय दश केजीसम्म जटामसी सङ्कलन गरेको बताउनुभयो । उहाँले विगतका वर्षभन्दा यस वर्ष जटामसी सङ्कलन कार्य कम भएको कारण आम्दानी भने घटेको बताउनुभयो । यो जटामसी स्थानीय सुकाएर तयार पारी बिक्रीका लागि तयारी अवस्थामा राखेको र व्यापारीहरू समेत सम्पर्कमा आइसकेको उहाँले बताउनुभयो । तीन सय घरधुरी रहेको राया गाउँका स्थानीयको आम्दानीको मुख्य स्राेतका रूपमा जडीबुटीलाई लिइन्छ । सोगाउँमा तीन सयभन्दा बढी घरधुरी छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर