नेभिगेसन मेनु

स-मिलमा आगलागी हुँदा लाखौँको क्षति
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-07 13:52

adfba

मङ्सिर २१ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलास्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । बिहीबार बिहान ५ः३० बजे नै विद्युत् तार सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने लाखौँका मेसिनहरू थिए । उक्त मेसिनहरू केही ध्वस्त भएका छन् , भने केही आंशिक क्षति भएका छन् ।

चार वटा दमकलले बिहान साढे ८ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले जानकारी दिनुभयो । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको र हाल मुचुल्का उठाउने काम भइरहेको डिएसपी शाहीले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर