नेभिगेसन मेनु

कर्णाली प्रतिष्ठानलाई बृहत् खानेपानी मेसिन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-18 16:45

jumla--Khanepani-Photo-Netra-shahi (1)

पुुस २ गते । कृषि विकास बैंकले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत् वाटर डिस्पेन्सन खानेपानी मेसिन हस्तान्तरण गरेको छ । कृषि विकास बैंक कर्णाली प्रदेश र कृषि विकास बैंक लिमिटेड कार्यालय जुम्लाले सामाजिक क्षेत्रको कार्य अन्तर्गत तातोपानी, मनतातो पानी र चिसो पानी आउने मेसिन हस्तान्तरण गरेको हो । 

बैंकका कर्णाली प्रदेश प्रमुख तथा निर्देशक डाक्टर सुरज टण्डन, जिल्ला शाखाका प्रवन्धक खुम्बिलाल शर्माले रु पाँच लाख बराबरको मेसिन एक कार्यक्रमका बिच प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ ।

मेसिन हस्तान्तरण गर्दै कृषि विकास बैंक कर्णालीका प्रमुख तथा निर्देशक डाक्टर टण्डनले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मेसिन सहयोग गरिएको बताउनुभयो । उहाँले यस प्रकारका सहयोगबाट स्थानीय तहमा वित्तीय शिक्षा ज्ञान र साक्षरता वृद्धि गर्ने अभिप्रायले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिसोको समयमा बहुउद्देश्यीय खानेपानीको मेसिन प्रदान गरिएको बताउनुभयो । उहाँले यो सहयोगले प्रतिष्ठानका विरामी, कुरुवा, कर्मचारी लाभग्राही हुने भएकाले सामाजिक क्षेत्रमा लगानी गरिएको बताउनुभयो । 

मेसिन ग्रहण गर्दै प्रतिष्ठानका शिक्षाध्यक्ष डबलसिंह धामीले बैंकले वित्तीय रुपमा मात्रै काम नगरि सामाजिक क्षेत्रमा काम गरेकोमा धन्यवाद दिनुभयो । उहाँले चिसोको समयमा तातोपानी समेत आउने मेसिन उपलब्ध गराईएको विषय आवश्यकतामा आधारित भएको जानकारी भयो ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार कर्णाली प्रतिष्ठानका अनुसार यस मेसिनबाट लाभान्वित धेरै हुने आशा गरिएको बताउनुभयो । उहाँले बैंकसँगको सहकार्य लामो भएको भन्दै सामाजिक काममा लगानी राम्रो हुने बताउनुभयो ।

कृषि विकास बैंक जुम्लाले २०७५ सालदेखि कर्णाली स्वास्थ्य विकास प्रतिष्ठान शिक्षण अस्पतालको हाताभित्र एक्टेसन काउन्टरसहित सेवा सञ्चालन गरेको छ । बैंकका जिल्ला प्रबन्धक खुम्बिलाल शर्माका अनुसार कर्णाली प्रतिष्ठानमा एक्सटेन्सन काउण्टर तथा एटिएम समेत स्थापना गरिएको जानकारी दिँदै मेसिनले स्वस्थ्य खानेपानी आपूर्तिमा सहयोग पुर्‍य ाउने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मेसिनले एकै पटक तीन सय लिटर पानी फिल्टर गर्ने क्षमता छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर