नेभिगेसन मेनु

हिमपातले लिमी आउजाउ बन्द
सम्पादक:南亚网络电视
समय:2023-12-07 16:32

ण

हुम्ला, मङ्सिर २१ गते । गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ बन्द भएको छ । लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेपछि लिमी आउजाउ बन्द भएको हो । 

लिमीका स्थानीय निमा तामाङले सोमबार परेको बाक्लो हिमपातले लिमीको बाटो बन्द भएको बताउनुभयो । उहाँले लिमी जाने दुई वटा नाकाहरु चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएको कारण सडक अवरुद्ध भएको बताउनुभयो । उहाँले अब लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम भनेकै फोन सम्पर्क भएको बताउनुभयो। 

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेको कारण लिमी आउजाउ बन्द भएको बताउनुभयो । बाक्लो हिउँ परेको कारण नारा र न्यालुको सडक अवरुद्ध भएको कारण लिमी जान र स्थानीय लिमी बाहिर आउने अवस्था नरहेको उहाँले बतायनुभयो । उहाँले लिमीका तीन गाउँहरु तील, हल्जी र जाङ्गका स्थानीयलाई अब हिमपातको कारण प्राकृतिक बन्दाबन्दीमा परेको बताउनुभयो । 

हिमपात लिमीका स्थानीयले वर्षेनी भौग्दै आएको समस्या हो । अब लिमीका स्थानीयहरु एक गाउँबाट अर्को गाउँ मात्र जान पाउनेछन् । सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए आगामी वैशाख जेठ महिनासम्म लिमी आउजाउ बन्द हुनेछ । त्यसमाथि हिउँद भर्खरै सुरु भएकोले हिउँ पर्ने समय अझै बाँकी छ । 

यसअघि गत कात्तिक अन्तिम साता लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सरेको छ । अब लिमी जान र कोही बिरामी परेमा हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प देखिँदैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर