नेभिगेसन मेनु

अन्नबाट कीर्तिमानी प्रतिमा बनाइँदै
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-11 13:52

Untitled-1-(1)

मङ्सिर २५ गते । जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण थालिएको छ । एक सय दुई क्विन्टल अन्न प्रयोग गरी जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमालाई आकार दिन आइतबार साँझदेखि चकले ब्लक बनाउने कार्य सुरु भएको हो ।  

प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलाई विश्वभर चिनाउन ११ प्रकारका अन्न प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा रङ्गभूमि मैदान (बाह्र बिघा) रामजानकी प्रतिमा स्थापना गर्न लागिएको हो । प्रतिमा निर्माणमा चामल २५ क्विन्टल, गहुँ छ क्विन्टल, सोयाबिन छ क्विन्टल, चना १८ क्विन्टल, उरद (मास) को दाल १८ क्विन्टल, चना दाल चार क्विन्टल, अरहर चार क्विन्टल, समुर दाल चार क्विन्टल, मकै तीन क्विन्टल, मुमफली दुई क्विन्टल र मुङ दाल १२ क्विन्टल गरी १२ लाख ६८ हजार रुपियाँको ११ प्रकारका अनाज प्रयोग गरिने श्री सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो । 

भारतको अयोध्यामा बनाइएको नौ हजार स्क्वायर फिटको रामजानकीको प्रतिमाबाट प्रेरित भएर जनकपुरधाममा पनि त्योभन्दा ठुलो प्रतिमा बनाउन थालिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो । 

जनकपुरधाममा पर्यटक भिœयाउन र जनकपुरधामलाई विश्वसामु चिनाउन प्रतिमा निर्माण गर्नु उत्तम उपाय रहेको साहको भनाइ छ । प्रतिमा निर्माणमा प्रयोग हुने अनाजमध्ये ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशत अनाज पिसेर गौशालामा गाईवस्तुलाई खुवाउन सकिने निर्माण समितिको सल्लाहकारसमेत रहनुभएका साहको भनाइ छ । 

ऐतिहासिक रङ्गभूमि मैदान बाह्र बिघाको उत्तरी पूर्वी कुनामा बनाइने प्रतिमा छ इन्च माटो भरेर समतल बनाई करिब तीन कट्ठा क्षेत्रफलमा कार्पेट ओछ्याएर बनाइने छ । प्रतिमा निर्माणका लागि अयोध्यामा रामसीताको प्रतिमा बनाई विश्व रेकर्ड बनाएका भारत मध्यप्रदेशका कलाकार सतीश गुर्जरको टोलीलाई बोलाइएको निर्माण समितिले जनाएको छ । 

आइतबार सुरु गरिएको प्रतिमा निर्माण चार दिनमा सम्पन्न हुने छ । आगामी बुधबारदेखि नागरिकले प्रतिमा हेर्न सक्ने प्रतिमा निर्माण कलाकार सतीश गुर्जरले बताउनुभयो । प्रतिमा निर्माणका लागि आवश्यक पर्ने अनाज विभिन्न व्यक्ति र सङ्घ संस्थाले सहयोग गरेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर