नेभिगेसन मेनु

व्यवस्थापन उत्कृष्ट भएपछि भर्ना अत्यधिक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-11 13:59

Untitled-1 (4)

कात्तिक २५ गते । विदेह नगरपालिकास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीले यस वर्ष मधेश प्रदेशमै विद्यार्थी भर्ना अभियानमा पहिलो स्थान ल्याएको छ । देशभरिमा भने यो विद्यालय तेस्रो स्थान ल्याउन सफल भएको छ । 

गुणस्तरीय शिक्षा, एसइई परीक्षामा नतिजा राम्रो, वर्षभरि एक घन्टी पनि खाली नहुनु, विद्यालयको सामाजिक परीक्षण गराउनु, शिक्षकहरूको समूह उत्कृष्ट हुनु, अडियो एवं भिडियो कक्षा सञ्चालन हुनु, भौतिक पूर्वाधार एवं कक्षाकोठाको राम्रो व्यवस्थापन, खानेपानी, शौचालयलगायत खेल्ने चौरको राम्रो व्यवस्था भएकाले यो विद्यालयमा भर्ना हुनेको सङ्ख्या बढ्दै गएको विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डलले बताउनुभयो ।  

लिजर घन्टी हुन नदिन ‘लिजर घन्टी व्यवस्थापन समिति’ बनेको छ । उक्त समितिले इमानदारितालाई आत्मसात् गर्दै काम गरेको छ । विद्यालयमा प्रत्येक विषयको १० देखि १५ जना शिक्षकशिक्षिका रहेका प्रअ मण्डलको भनाइ छ । त्यस्तै देशमै सामाजिक परीक्षण गर्ने यो पहिलो सामुदायिक विद्यालय रहेको दाबी गर्दै उहाँले भन्नुभयो, “सामाजिक परीक्षणमा कसैलाई कुनै किसिमको प्रश्न अथवा हिनामिना गरेको शङ्का छ भने त्यहाँ प्रश्न गर्ने वातावरण सिर्जना गरी अभिभावकको विश्वास जित्न सफल भएका छौँ ।” 

लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको प्रथम पत्र नै सामान्य ज्ञानको रहेको छ । जबसम्म पहिलो पत्र उत्तीर्ण गरिँदैन तबसम्म अर्को परीक्षा दिन नपाइने भएकाले यसलाई ‘आइरन गेट’ भनिन्छ । त्यसैले यहाँ प्रत्येक दिन एउटा एउटा समूह बनाई सामान्य ज्ञानको कक्षा सञ्चालन हुन्छ । सामान्य ज्ञानको कक्षा सञ्चालन कक्षा ४ देखि नै हँुदै आएको विद्यालयका प्रअ मण्डलले बताउनुभयो । 

गरिब र विपन्न विद्यार्थीले महँगो डेरा भाडा तिर्नु नपरोस् भनेर विद्यालयमा होस्टल सञ्चालन गरिएको छ । साथै टिफिनको समयमा बाहिर गएर खाजा खाने बाध्यतासमेत अन्त्य गरी विद्यालय परिसरभित्रै क्यान्टिन सञ्चालन पनि भइसकेको छ । कक्षा १० का छात्रा सुमित साह भन्नुहुन्छ, “पहिले कोठा भाडा तथा अन्य शुल्कसहित मासिक १० देखि १२ हजार रुपियाँ खर्च हुन्थ्यो तर अब यहीँ होस्टल भएपछि सहज भएको छ ।” यहाँ सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीसम्मका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।  

कर्मयोगको सिद्धान्तलाई आत्मसात् 

गर्दै प्रअ मण्डलले देशका गरिब, दलित विपन्नका घरपरिवारलाई शिक्षित बनाउने मुख्य उद्देश्य रहेको बताउनुभयो । यो विद्यालय २००८ सालमा स्थापना भएको हो । विद्यालयमा हाल पाँच हजार ९१५ छात्रछात्रा अध्ययनरत छन् भने ७७ जना शिक्षक तथा शिक्षिका छन् ।

प्राथमिक विद्यालयका रूपमा रहेको यो विद्यालय २०२९ सालमा निम्न माध्यमिक विद्यालयमा परिणत भएको थियो । हाल यहाँ कक्षा १२ सम्म अध्ययन अध्यापन हँुदै आएको छ । २०५९ सालमा मण्डलले प्रअको जिम्मेवारी पाउँदा यो देशकै सबैभन्दा कान्छो मावि रहेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर