नेभिगेसन मेनु

चाडबाडको मौका पारेर काठ तस्करी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-18 12:47

katha

मङ्सिर २ गते । चाडबाड लागेदेखि सागरनाथ वन विकास परियोजना मातहतको जङ्गलमा काठ तस्करको रजाइँ चलेको छ । माईस्थान र टुटेश्वरस्थित सबडिभिजन वन कार्यालयले उखुघारी, आँप बगैँचा र परियोजनाको जङ्गलबाट ठुलो परिमाणमा चोरी तस्करीका काठ बरामद गरेको छ । 

चाडबाड लागेदेखि परियोजनाको जङ्गलबाट काठ चोरी हुने क्रम बढ्दै गएको वनकर्मीले बताएका छन् । वन कर्मचारीको गौशाला–८ स्थित ढल्केबर सामुदायिक वनको सिसौ घारीबाट बेवारिसे अवस्थामा ४० क्युफिटको १६ थान युक्लिप्टसको काठ बरामद गरिएको हो । काँचै अवस्थामा भेटिएका ती काठ परियोजनाको जङ्गलबाट कसले चोरेको हो भन्ने खुल्न सकेको छैन ।

सुराकीबाट प्राप्त सूचनाका आधारमा माईस्थानस्थित सबडिभिजन वन कार्यालयका अधिकृत कृष्णकान्त पटेल तथा माईस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाका जिल्ला कमान्डर अवतार लामाको कमान्डमा खटिएको गस्तीले शुक्रबार अपराह्न उक्त काठ बरामद गरेको हो । बरामद काठ सागरनाथ वन विकास परियोजनालाई बुझाइएको सबडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ । 

यसको अघिल्लो दिन अपराह्न १ बजेतिर बर्दीबास–८ स्थित परियोजना मातहतकै हात्तीलेटको जङ्गलबाट सोही वन गस्तीले चार वटा साइकलबाट चोरी गरी बस्तीतर्फ लैजाँदै गरेको अवस्थामा १५ क्युफिट बराबरको छ थान साखुको गोलिया बरामद गरेको थियो । 

गस्ती आएको सुइँको पाएपछि तस्कर भने साइकलसहितका काठ छाडी भागेको गस्तीमा संलग्न कर्मचारीले जनाएका छन् । 

लगत्तै सुराकीले दिएको सूचनाका आधारमा गौशाला–८, खाल्डे बजार पुगेको पटेल तथा लामा नेतृत्वको गस्तीले कुसुमाडी टोलको उखुघारीबाट एक थान साखुको गोलिया नियन्त्रणमा लिएको थियो । 

दसैँतिहार, छठ जस्ता प्रमुख चाडपर्वको समयमा कर्मचारी बिदामा बस्ने र पर्वको रमाइलोमा व्यस्त हुने ठानेर यस अवधिमा परियोजनका वन क्षेत्रबाट काठ तस्करी बढेको वन कर्मचारीको भनाइ छ । दसैँको बेलामा पनि परियोजना नजिकको उखुघारी र आँप बगैँचाबाट साखु जातको ५६ थान चिरान, नौ थान गोलिया, एक थान हाते आरा र बन्चरो बरामद भएका थिए । उक्त काठ पनि परियोजनाका जङ्गलबाट चोरी तस्करी गरी उखुघारीभित्र पु¥याइएको अनुमान गरिएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर