नेभिगेसन मेनु

पालिकाको अठतिस करोड कटौती
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-04 13:04

Untitled-1 (1)

मङ्सिर १८ गते । साढे छ महिना चालु आर्थिक वर्ष बितेको भइसक्यो । अब आव सकिन आधा समय मात्र बाँकी छ । सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ तर दुई वटा पालिकाको बजेट अझै निकासा भएको छैन । नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेको यस जिल्लामा असोजसम्ममा १२ पालिकामा त्रैमासिक बजेट निकासा भएको थियो भने चार वटा पालिकामा कात्तिक महिनामा निकासा भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार आव २०८०/८१ का लागि गत असार १० भित्र नगर/गाउँ सभा गरिसक्नुपर्ने हो । हालसम्म गाउँ सभा नगरेको र बजेट माग नभएकाले रूपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकामा बजेट निकासा नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले जनाएको छ । ढिलो सभा गरेको र गरिए पनि सूत्र अनुसार रेकर्ड नजनाएका कारण कञ्चनपुर, राजविराज, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिरहुत गाउँपालिकामा कात्तिक महिनामा त्रैमासिक बजेट निकासा भएको सो कार्यालयले जनाएको छ ।

निकासा भएको १४ वटा पालिकामा प्रथम त्रैमासिक बजेट कटौती भएको छ । आव २०७९/८० को भन्दा यस आवमा ३८ करोड २२ लाख ९१ हजार ७२३ रुपियाँ ३७ पैसा प्रथम त्रैमासिक बजेटमा कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीका प्रमुख कोष नियन्त्रक शरणहरि लुइँटेलले जानकारी दिनुभयो । “यस वर्ष बजेट पनि कटौती भएर आएको छ,” उहाँले भन्नुभयो, “गत वर्षको हिसाब मिलान र खर्च नभएको ससर्त रकम फिर्ता नगरेका कारणले पनि पालिकाको बजेट कटौती गरिएको छ ।” 

यस वर्ष हाल प्रथम त्रैमासिकमा एक अर्ब ४५ करोड २९ लाख २० हजार निकासा भएको छ भने अघिल्लो वर्षमा सबै पालिकामा गरी प्रथम त्रैमासिकमा एक अर्ब ८३ करोड ५२ लाख ११ हजार ७२३ पैसा ३७ निकासा भएको उहाँले बताउनुभयो । गत वर्षको त्रैमासिक बजेटभन्दा यस वर्ष छिन्नमस्ता गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा बढी बजेट निकासा भएको छ । छिन्नमस्तामा दुई करोड ८१ लाख ४७ हजार ४० रुपियाँ बढी हुँदा त्रैमासिकमा सात करोड ७३ लाख ४७ हजार निकासा भएको छ भने अघिल्लो वर्षको त्रैमासिकमा चार करोड ९१ लाख ९९ हजार ९६० रुपियाँ निकासा भएको थियो । यस्तै डाक्नेश्वरी नगरपालिमा यस त्रैमासिकमा ११ करोड ७० लाख २१ हजार निकास भएको छ । यस त्रैमासिकमा पाँच करोड ४५ लाख १० हजार ३४२ रुपियाँ बढेको छ । अघिल्लो त्रैमासिकमा छ करोड २५ लाख १० हजार ६५८ निकासा भएको थियो ।

नगरपालिकामध्ये सबभन्दा बढी बोदेबरसाइनको बजेट कटौती भएको छ । यस पालिकामा पाँच करोड ४६ लाख ४६ हजार ६२८ रुपियाँ कटौती गरी आठ करोड ५४ लाख ७० हजार निकासा भएको छ भने अघिल्लो त्रैमासिकमा १४ करोड एक लाख १६ हजार ६२८ रुपियाँ निकासा भएको थियो । सबभन्दा कम खडक नगरपालिकामा कटौती गरी १२ करोड ७६ लाख ५२ हजार निकासा हुँदा २७ लाख छ हजार ३१० रुपियाँ कटौती भएको छ । अघिल्लो त्रैमासिकमा १३ करोड तीन लाख ५८ हजार ३१० रुपियाँ निकासा भएको थियो । दोस्रोमा शम्भुनाथ नगरपालिकाको एक करोड १८ लाख २३ हजार ६२६ रुपियाँ कटौती भएको छ । यस त्रैमासिकमा ११ करोड १५ लाख ४० हजार निकासा भएको छ भने अघिल्लो वर्षको प्रथम त्रैमासिकमा १२ करोड ३३ लाख ६३ हजार ६२६ रुपियाँ निकासा भएको थियो । 

यस्तै कञ्चनरूप नगरपालिकामा यस वर्ष नौ करोड ५१ लाख छ हजार निकासा भएको छ । अघिल्लो वर्षको प्रथम त्रैमासिकमा १४ करोड नौ लाख ८४ हजार ६२९ रुपियाँ निकास भएको थियो । यो त्रैमासिकमा चार करोड ५८ लाख ७८ हजार ६२९ रुपियाँ कटौती भएको छ । राजविराज नगरपालिकामा तीन करोड ८८ लाख २९ हजार ९५० रुपियाँ ३४ पैसा बजेट कटौती भएको छ । यस त्रैमासिकमा १५ करोड ९४ लाख ४५ हजार निकासा भएको छ भने अघिल्लो त्रैमासिकमा १९ करोड ८२ लाख ७४ हजार ९५० रुपियाँ ३४ पैसा निकासा भएको थियो । सप्तकोशी नगरपालिकामा सात करोड २१ लाख ७२ हजार निकासा हुँदा ९२ लाख दुई हजार ९५७ रुपियाँ कटौती भएको छ । अघिल्लो त्रैमासिकमा आठ करोड १३ लाख ७४ हजार ९५७ रुपियाँ निकासा भएको थियो । हनुमाननगर कङ्कालिनी नगरपालिकामा आठ करोड ७७ लाख २० हजार निकासा हुँदा दुई करोड ९४ लाख तीन हजार २९५ रुपियाँ कटौती गरिएको छ । अघिल्लो त्रैमासिकमा ११ करोड ७१ लाख २३ हजार २९५ रुपियाँ निकासा भएको कोलेनिकाका लेखापाल वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

यसै गरी गाउँपालिकामध्ये तिलाठी कोइलाडीको सबभन्दा बढी बजेट कटौती भएको छ । तीन करोड ३६ लाख ९४ हजार तीन पैसा कटौती भएर छ करोड चार लाख ५६ हजार निकासा भएको छ । अघिल्लो त्रैमासिकमा नौ करोड ४१ लाख ५० हजार तीन पैसा निकासा भएको थियो । अग्निसाइर कृष्णासवरनमा दुई करोड १५ लाख ४९ हजार ९६१ कटौती गरी सात करोड ६२ लाख ५० हजार निकासा भएको छ भने अघिल्लोमा नौ करोड ७७ लाख ९९ हजार ९६१ निकासा भएको कोलेनिकाका सूचना अधिकारी लेखापाल उमेशकुमार यादवले जानकारी दिनुभयो । 

तिरहुतमा दुई करोड २६ लाख ४५ हजार २९२ रुपियाँ कटौती गरी पाँच करोड २७ लाख १३ हजार निकासा भएको छ । अघिल्लोमा सात करोड ५३ लाख ५८ हजार २९२ रकम निकासा भएको उहाँले बताउनुभयो । बलानबिहुलमा एक करोड २१ लाख ७२ हजार ९७३ रकम कटौती गरेर पाँच करोड ५९ लाख दुई हजार निकासा भएको छ । अघिल्लोमा छ करोड ८० लाख ७४ हजार ९७३ निकासा भएको थियो । राजगढमा ८८ लाख ३५ हजार २९३ कटौती गरेर सात करोड ५६ लाख तीन हजार निकासा भएको छ भने अघिल्लोमा आठ करोड ४४ लाख ३८ हजार २९३ निकासा दिएको थियो । महादेवामा ५६ लाख ६१ हजार ६४२ कटौती गरी सात करोड ३७ लाख ८० हजार निकासा दिइएको छ भने अघिल्लो प्रथम त्रैमासिकमा सात करोड ९४ लाख ४१ हजार ६४२ रुपियाँ निकासा गरिएको कोलेनिकाको तथ्याङ्कमा उल्लेख छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर