नेभिगेसन मेनु

भूमिहीनले पाए लालपुर्जा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-19 12:29

IMG_1735

मङ्सिर ३ गते । सर्लाहीमा राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमितिले भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ । 

आयोगले ईश्वरपुर र हरिवन नगरपालिकामा २५ जना भूमिहीनलाई लालपुर्जा वितरण गरी यस कार्यको शुभारम्भ गरेको हो । आयोगको सर्लाही जिल्ला समितिका प्रवक्ता मदनबहादुर विश्वकर्माले मधेश प्रदेशमै पहिलो पटक आयोगले यहाँबाट भूमिहीनलाई लालपुर्जा वितरण गर्न सुरु गरेको दाबी गर्नुभयो । 

ईश्वरपुर नगरपालिका–१, शङ्करगन्जका १८ परिवार र हरिवन नगरपालिका–२, पछियारी टोलका सात परिवार भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई लालपुर्जा प्रदान गरिएको राष्ट्रिय भूमि आयोग सर्लाहीले जनाएको छ । वर्षौंदेखि ऐलानी (पर्ती) जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुमवासी जग्गाको लालपुर्जा पाएपछि दङ्ग परेका छन् । 

आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्का, ईश्वरपुरका नगर प्रमुख मनोजकुमार आचार्य र उपप्रमुख रञ्जितादेवी चौधरी, हरिवनका नगर प्रमुख रमेश बुढाथोकी (कमल) र उपप्रमुख हरिमाया घलान, आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्ले, नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरलगायतले लालपूर्जा वितरण गर्नुभयो । आयोगका जिल्ला अध्यक्ष वाग्लेले अन्य पालिकाका भूमिहीन सुकमवासीको पनि धमाधम लालपुर्जा तयार भइरहेको र छठपश्चात् क्रमशः वितरण गर्दै जाने बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर