नेभिगेसन मेनु

रत्न राजमार्गको ‘डबल लेन’ अलपत्र
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-06 13:07

Ratna-Rajmarga-skt-rajani

मङ्सिर २० गते । रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । डबल लेन कालोपत्रे नहुँदा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको छ ।

चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’ कालोपत्रे गरिएको छ, साढे पाँच मिटर मात्रै । सडकैभरि खाल्टाखुल्टी छन् तर सुधार र स्तरोन्नति हुन सकेको छैन । समयमै मर्मत नगर्दा जीर्ण बन्दै गएको छ । सवारीसाधनको चाप बढिरहेका बेला सडक साँघुरो हुँदा दुर्घटनाको जोखिमसमेत बढेको सवारीचालक बताउँछन् । 

‘वान–वे’ कालोपत्रेका कारण यो सडकमा सवारी ठोक्किने, पल्टने र आवतजावतमा समस्या हुने गरेको उनीहरूको अनुभव छ । सवारीचालक टोपराज बनले गाडी आवतजावत गर्दा कालोपत्रे गरेको भाग छोडेर कच्ची सडकमा पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले दुर्घटनाको जोखिमका साथसाथै सवारीसाधन छिटो बिग्रने समस्यासमेत भएको बताउनुभयो । यसले पैदल यात्रुलाई समेत त्रसित बनाउने गरेको छ । थुप्रै स्थानमा कालोपत्रे उप्किएको छ ।

कर्णाली प्रदेशको मुख्य प्रवेशमार्ग नै स्तरोन्नति हुन सकेको छैन । केपी ओली नेतृत्वको तत्कालीन सरकारले रत्न राजमार्ग स्तरोन्नति गर्दै दुई लेन बनाउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’ मा स्तरोन्नति गर्न सात अर्ब बजेट विनियोजन गरिएको थियो । यसले यहाँका नागरिकमा उत्साह थपिएको थियो तर उक्त योजना कार्यान्वयन हुन सकेन । बजेट कार्यान्वयन नभएरै फ्रिज भयो । त्यसपछिका वर्षमा पनि सरकारले दुई लेनको बनाउने योजना आफ्ना बजेट भाषणसहित नीति तथा कार्यक्रममा छुटाएको छैन । 

बाँकेको जमुनाहादेखि सुर्खेतको हर्रेसम्म ६८ किलोमिटर सडक विस्तारका लागि सडक डिभिजन कार्यालय नेपालगन्जले काम गरिरहेको छ । यता हर्रेदेखि सुर्खेतको बाङ्गेसिमलसम्म ४४ किलोमिटर सडक विस्तारको काम सडक डिभिजन कार्यालय सुर्खेतको जिम्मामा छ । सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलका अनुसार कार्यालयले सामान्य मर्मत गरी कामचलाउ बनाउने गरेका छन् । बजेट न्यून हुँदा काम गर्न नसकिएको हो । आव २०४८/४९ मा तीन मिटर सडक कालोपत्रे गरिएको थियो । आव २०५४/५५ मा बढाएर साढे पाँच मिटर पु¥याइएको हो । त्यसपछि सामान्य मर्मतबाहेक सडक विस्तारको काम नभएको उहाँको भनाइ । चालु आवमा प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नति कार्यक्रम अन्र्तगत १० करोड बजेट विनियोजन भएको जनाइएको छ । 

अहिले राजमार्ग अन्तर्गतका सडकमा आवधिक मर्मतको काम सञ्चालन गरिएको छ । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैङ्कको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत सुरु गरिएको हो । असार मसान्तसम्ममा मर्मत गरिसक्ने गरी सम्झौता भई काम सुरु भएको बताइन्छ । यसका लागि गत असोज १५ गते तिरुपाते निर्माण सेवा घोराही दाङसँग ठेक्का सम्झौता भएको थियो । भ्याटबाहेक नौ करोड २५ लाख बजेटमा ठेक्का सम्झौता भएको जनाइएको छ । सम्झौता अनुसार आउँदो असारसम्ममा आवधिक सडक मर्मतको काम गरिसक्नुपर्ने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर