नेभिगेसन मेनु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-27 16:33

6024991285530_5fc49a2591137_accident_news

मङ्सिर ११ गते । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक झाँक्री मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

मृतक झाँक्री गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने विद्यार्थी हुनुहुन्छ । उहाँ बिहानी विद्यालयबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा घाइते झाँक्रीको उपचारको क्रममा ११ बजे मृत्यु भएको गुल्मी अस्पतालले घोषणा गरेको प्रधानले जानकारी दिनुभएको छ ।

मृतक झाँक्री मगरको शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरिँदैछ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर