नेभिगेसन मेनु

खटिए स्वयम्सेवक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-19 12:39

biplab-nirman-Ghar-jkt-photo

मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का कार्यकर्ता जाजरकोटको माथिल्लो थाप्लेस्थित भूकम्पपीडितका भत्किएका घर व्यवस्थापन तथा अस्थायी टहरा निर्माणमा खटिएका छन् । 

नेकपा (एमाले) का केन्द्रीय सदस्य डम्बरबहादुर सिंहका अनुसार एमाले केन्द्रीय सदस्य तथा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा माथिल्लो थाप्लेमा ७५ जना स्वयम्सेवक परिचालन गरिएको छ । स्वयम्सेवकले हेल्मेट, ज्याकेट, पन्जा जस्ता सुरक्षा सामग्री प्रयोग गरेका छन् । उनीहरूले भूकम्पले भत्किएका सरकारी कार्यालयका ढुङ्गा, माटो र काठहरू पन्छाउने काममा लागिपरेका छन् । 

नेकपा (एमाले) ले दिएको जानकारी अनुसार भूकम्पबाट अति प्रभावित भेरी र नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकामा छ सय र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकामा चार सय गरी एक हजार स्वयम्सेवकलाई १५ दिन परिचालन गरिने छ ।

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कात्तिक २३ गते भूकम्प प्रभावित क्षेत्रमा पुगरे स्थानीय स्रोतसाधन प्रयोग गरेर अस्थायी आवास निर्माणको नमुना बनाएका थिए । 

उनीहरूले खलङ्गा र चिउरीमा नमुना घर बनाएका थिए । भेरी नगरपालिका–३ का प्रकाशजङ्ग शाहको भत्किएको घरनजिक अस्थायी आवास बनाए, जहाँ नेपाली कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन भएको थियो । 

हजारौँ स्वयम्सेवक परिचालन गरेर पुनर्निर्माणको कामलाई जनसेवामा परिणत गर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का संयोजक टेकबहादुर रावलले दिएको जानकारी अनुसार तत्कालै देशका विभिन्न जिल्लाबाट हजारौँ स्वयम्सेवक केन्द्रित गरेर पुनर्निर्माणको कामलाई अघि बढाइने छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भूकम्प प्रभावितलाई राहत वितरण, घाइते तथा बिरामीको उपचार, अस्थायी टहरा निर्माणमा सहयोग गर्दै आएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पनि भूकम्प प्रभावित ठाउँमा स्वयम्सेवक परिचालन गरी अस्थायी बसोबासको व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर