नेभिगेसन मेनु

श्रीमान् र छोरा गुमाएका लालसरिलाई पिँडामाथि पिँडा, भूकम्पले घर विहीन
सम्पादक:南亚网络电视
लेखक:गाेरखा पत्र
समय:2023-11-07 12:44

zasdfbadf

कात्तिक २१ गते । शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि भेरी नगरपालिका वडा नम्बर ३ थाप्लेकी लालसरी बुढाथोकीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुई वर्षअघि पति र एक बर्सअघि छोरा गुमाएकी लालसरी तेस्रो वर्ष घर भत्केपछि थप पिँडामा पर्नुभएको छ । 

सोमबार साँझ भत्केको घरभित्रका काम लाग्ने सामान निकाल्दै गर्दा लालसरीले भन्नुभयो,‘राती सुतेको अवस्थामा एक्कासी घर भत्कियो, आसपासका घर ढलेर धेरैले जीवन गुमाए ।’ भूकम्पको समयमा आफू र छोरा बुहारीभित्रै सुतेको भए पनि सुरक्षित भएको उहाँ बताउनुहुन्छ । 

उहाँको टोलमा मात्रै भूकम्पमा परि १३ जनाको निधन भएको छ । सुरक्षाकर्मी र स्थानीय युवाहरू भत्केका घरभित्रबाट काम लाग्ने सामग्री निकालिरहेका छन् । पीडित परिवारले हालसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । भूकम्प गएको चार दिनसम्म पनि प्रभावितहरू टेन्ट लगाएर तथा आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । 

स्थानीय प्रतिमा शाहको घरमा भाडामा बस्ने स्थानीय गोल्डेन बोडिङ स्कुलका शिक्षक शोभा शाहको निधन भयो । उहाँका पति मोहन विष्टको भेरी अस्पतालमा उपचार भइरहेको छ । घरधनी प्रतिमा शाह ३ तल्ले घर भत्किएपछि आफन्तको घरमा रात बिताउने गरेको बताउनुहुन्छ । 

शाह भन्नुहुन्छ, ‘दसैँ मनाउन नेपालगन्ज भएकाले हाम्रो परिवार सुरक्षित छ, भाडामा बस्नेहरू र छिमेकीको दुखद घटना सुन्नु पर्यो ।’ विद्यालयको छात्राबास समेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दसैँ बिदा भएकाले छात्रावासका विद्यार्थी नभएको शाहले बताउनुभयो । प्रभावितहरूले राहतसँगै खाना पकाउने ग्याँस र भाँडाकुँडाको समेत व्यवस्था हुनुपर्ने माग गरेका छन् । स्थानीय प्रेम अधिकारीले भन्नुभयो, ‘अहिलेसम्म राहत केही पाएका छैनौँ, राहत पाएपछि पकाउने सामग्री पनि आवश्यक छ । ’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर