नेभिगेसन मेनु

जीर्ण घरमा वडा कार्यालय
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-06 12:59

Untitled-2-Recovered

मङ्सिर २० गते । सर्लाहीको हरिपुर्वा नगरपालिका–२ को वडा कार्यालय अत्यन्त जीर्ण घरबाट सञ्चालन गर्नु पर्दा सेवा प्रवाहमा समस्या परेको छ । वडाको आफ्नै भवन नहुँदा काठको पुरानो घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्नु परेको हो । झट्ट हेर्दा वडा कार्यालय रहेको घर बेवारिसे जस्तो लाग्छ । 

कार्यालयमा झुन्ड्याइएको नागरिक बडापत्र धुलोले छपक्कै ढाकेको छ भने पुराना कुर्सी, टेबल जताततै फालिएको देखिन्छ । वडाध्यक्ष दिनेशराय यादवले नगरपालिकामा बजेट चालु नहुँदा वडा कार्यालय भवनबारे केही सोच्न नसकेको बताउनुभयो । 

“यहाँ दुई सालदेखि राम्रोसँग बजेट चलेको छैन । यो आर्थिक वर्षमा त नगर सभा नै हुन सकेको छैन्,” वडाध्यक्ष रायले गोरखापत्रसँग भन्नुभयो, “बजेट चालु भएपछि कुनै दाताले जग्गा उपलब्ध गराए भने मेरै कार्यकालमा वडा कार्यालय निर्माण गर्ने योजना छ ।” जीर्ण घरमा रहेको वडा कार्यालयमा वडा सचिव र वडाध्यक्षलाई भेट्न काठको अप्ठ्यारो भ¥याङ चढेर माथिल्लो तलामा उक्लिनु पर्छ । 

वडाध्यक्ष रायले वृद्धवृद्धा र अशक्त सेवा लिन आउँदा आफू नै तल ओर्लिएर काम गर्ने गरेको बताउनुभयो । “भ¥याङ चढेर सेवा लिन सक्ने माथि उक्लिएरै सेवा लिएर जानुहुन्छ, बुढापाका व्यक्ति काम लिएर आउँदा म आफैँ तल ओर्लिएर सहीछाप गरी पठाउँछु,” वडाध्यक्ष रायले भन्नुभयो । 

यसअघिका वडाध्यक्ष पुरुषोत्तम रायले आफ्नै एक तले कच्ची घरबाट वडा कार्यालय सञ्चालन गर्नुभएको थियो । वर्तमान वडाध्यक्ष रायले आफू आएपछि स्थानीय गणेश साहको कच्ची घर नै भए पनि मासिक १० हजार रुपियाँ भाडा उपलब्ध गराउने सम्झौता गरी वडा कार्यालय भवन स्थापना गरेको बताउनुभयो । माथिको दुई वटा कोठामा वडाध्यक्ष र वडा सचिव बस्ने गरेका छन् भने भुइँ तलामा स्टोरका सामान राखिएको छ । वडा सचिव वृजेश ठाकुरले नगर सभा नभएर बजेट चालु नहुँदा वडा कार्यालय सञ्चालन गर्नै समस्या रहेको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, “वडा कार्यालयको भवन नहुँदा समस्या त छँदै छ, अब त झन् बजेट नभएर वडा कार्यालय नै चलाउन नसक्ने अवस्था आइसक्यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर