नेभिगेसन मेनु

छात्रावास खण्डहरमा परिणत
सम्पादक:南亚网络电视
लेखक:गाेरखा पत्र
समय:2023-11-06 13:53

Untitled-1 (2)

कात्तिक २० गते। जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन १८ वर्षदेखि निर्माणकै व्रmममा अलपत्र रहँदा खण्डहरमा परिणत हुँदै गएको छ ।

भारतीय दूतावासकोे आर्थिक सहयोगमा २०६२ साल पुस १४ गते छात्रावास भवन निर्माणका लागि शिलान्यास भएको थियो । गौर नगरपालिकाको क्षेत्राधिकारभित्र रहेको उक्त छात्रावास भवन निर्माण अगाडि बढाउन नेपालले तदारुकता देखाए पनि जिल्ला समन्वय समिति रौतहटले आवश्यक कागजात उपलब्ध नगराउँदा समस्या उत्पन्न भएको छ । तत्कालीन जिल्ला विकास समिति र हाल जिल्ला समन्वय समिति मातहतमा रहेको उक्त छात्रावास निर्माणका लागि नगरपालिकाले हस्तान्तरण गर्न पत्राचार गरे पनि जिससले हालसम्म कागजात उपलब्ध नगराएको नगर प्रमुख शम्भु साहले बताउनुभयो ।

नगरपालिकालाई छात्रावास भवन निर्माणसम्बन्धी कागजातसहित हस्तान्तरण गरिएलगत्तै निर्माण कार्य सुचारु गर्न प्रव्रिmया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति रौतहटका उपप्रमुख महेश बैठाले छात्रावास भवन निर्माणका लागि बैठकबाट कागजात तथा स्रेस्ता उपलब्ध गराउने निर्णय गरिसकेको तथा प्रव्रिmया पु¥याएर हस्तान्तरण गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले छात्रावास भवनको स्रेस्तासहित नगरपालिकालाई हस्तान्तरण गर्न पत्र प्राप्त भएपछि कागजात तथा स्रेस्ता खोजतलास गर्दा कहीँकतै फेला नपरेको बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिका कर्मचारीसँग पनि समन्वय गरिरहेको बताउँदै उहाँले कागजात फेला पर्न नसकेमा जिल्ला समन्वय समिति, तत्कालीन इन्जिनियर र नगरपालिकाबाट आधिकारिक प्रतिनिधिलाई भारतीय दूतावासमा पठाएर कागजात उपलब्ध गराउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

तीनतले छात्रावास भवन, क्यान्टिन र कम्पाउन्डवाल निर्माण गर्न गोरखा-स्काई-क्यानिओन जेभीले एक करोड ९८ लाख ८० हजार रुपियाँमा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरेको थियो । एकतले भवन निर्माण गर्दै गर्दा २०६४ सालमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले काम छाडेपछि हालसम्म छात्रावास भवन निर्माण कार्य अलपत्र अवस्थामा छ । उक्त भवन अहिले खण्डहरमा परिणत भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर