कात्तिक २१ गते । सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प लहानबाट खटिएको टोलीले हतियार सहित तीन युवकलाई सोमबार बेलुका लहानबाट पक्राउ गरेको छ ।
लहान नगरपालिका –१ सिङगराही प्रहरीले चेकजाँच गर्दा स.९ प. ४९७१ नम्बरको मोटरसाइकलमा सवार तीनै जना युवकको साथबाट पेस्तोल एक थान, दुई थान गोली र रिचार्ज कार्ड बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरी सुरुङगा नगरपालिका –५ का ३२ वर्षीय अनिल राम, सुरुङगा नगरपालिका वडा नम्बर –५ का ३० वर्षीय जीवानन्द चौधरी र सप्तरी खड्ग नगरपालिका वडा नम्बर–४ का ३५ वर्षीय सञ्जय प्रसाद चौधरी रहेका छन् । आरोपितहरूलाई कार्यवाहीका लागि थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।