नेभिगेसन मेनु

भीरमा लडेर परियारको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-06 12:58

mrityu_Iogo

मङ्सिर २० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ५४ वर्षीय बुद्धिमान परियारको भीरमा लडेर मृत्यु भएको हो ।

सोमबार बिहान निस्कनुभएका परियार साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा स्थानीय काफलडाँडा भीरको फेदीमा परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार परियारको शवलाई पोस्टमार्टम गर्न प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्याइएको छ । बाटो हिँड्ने क्रममा उहाँको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यता घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर