नेभिगेसन मेनु

बरमझियाका पेडा अब चतरामा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-05 12:54

Untitled-1

मङ्सिर १९ गते । पेडापारखीका लागि बरमझियाको पेडा प्रसिद्ध छ । अब पेडा खान र कोसेली बोक्न बरमझिया पुगिरहनु नपर्ने भएको छ । मदन भण्डारी राजमार्गको वराहक्षेत्र–१, चतरा कोशी पुल आसपासका क्षेत्रमा आधा दर्जनभन्दा बढी पेडाका पसल खुलेका छन् ।

दसैँको पूर्वसन्ध्या पारेर बरमझियाको पेडा, सप्तरीको फेमस पेडादेखि बुढो बाजेको पेडा, पुरानो बाजेको पेडा, अरुण शाहको पेडालगायतका पेडा भण्डार कोशी पुल क्षेत्रमा सरेका छन् । बरमझियामा पछिल्लो समय पेडाको व्यवसाय कम हुन थालेपछि बरमझियाका पेडा पसल चतरा सरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझिया क्षेत्रका यात्रुको आवतजावत घटेसँगै व्यवसायमा पनि मन्दी आउन थालेपछि पेडा व्यवसायी चतरातर्फ सर्न थालेका हुन् । सप्तरीको फेमस पेडा भण्डार दुई हप्ताअघि कोशी पुल घाटमा सरेको छ । व्यवसायी दिनेशकुमार शाह भन्नुहुन्छ, “साना गाडीहरू चतरा पुल भएरै जान थालेपछि बरमझियामा पेडाको व्यवसायमा मन्दी छाएको छ । कोशी पुल क्षेत्रमा भने व्यवसाय जम्ने सम्भावना बढेको छ ।” व्यवसायी दिपेशका अनुसार वराहक्षेत्र मन्दिर दर्शन गरेर काठमाडौँ र अन्य क्षेत्रतर्फ जाने अधिकांश साना गाडीहरू चतरा घाटमा खाजा खान रोकिने गरेका छन् । त्यसैले पनि यस क्षेत्रमा व्यवसाय फस्टाएको छ । यहाँका पेडा भण्डारहरूले मात्र दैनिक पचास मन दुधको पेडा बिव्रmी गर्ने अनुमान छ । 

वराहक्षेत्र वडा नम्बर १ का वडा सदस्य कुमार भट्टराई भन्नुहुन्छ, “यहाँ पेडा व्यवसाय गर्न सहज छ । ठन्डा हावापानी भएकाले बनाएका सामानहरू छिटो नबिग्रिने र गाउँबाट सजिलै दुध सङ्कलन हुन्छ । यसबाट वरपरका किसानले पनि फाइदा लिन सक्ने छन् । यहाँ उदयपुरको रामपुर, श्रीलङ्का टापु, तपेश्वरी र सप्तरीबाट दुध ल्याउने गरेका छन् ।” यहाँ प्रतिकेजी नौ सयदेखि हजार रुपियाँसम्ममा पेडा पाइने व्यवसायी व्यापारी अरुण शाह जानकारी दिनुहुन्छ । 

विसं २०७२ मा चतरामा कोशी पुल बनेपछि सुनसरीको चतरा, वराहक्षेत्र र उदयपुरको रामपुर, बेलकालगायतका क्षेत्रमा यात्रुको चहलपहल बढेसँगै व्यवसाय फस्टाएको स्थानीय रविनकुमार श्रेष्ठको भनाइ छ । मदन भण्डारी राजमार्ग सञ्चालनमा आएपछि कोशी पुल क्षेत्रमा व्यापार गर्नेको भिड बढ्न थालेको छ । यहाँ आन्तरिक पर्यटकको पनि उत्तिकै चाप छ । शनिबार इटहरी, विराटनगर, धरान, दमक र उदयपुरको  चौदण्डीगढी, बेलटार, गाईघाटदेखिका स्थानीय यहाँ घुम्न र कोशीको माछा खान आउने गरेको स्थानीय व्यवसायी भविन राउतले बताउनुहुन्छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर