नेभिगेसन मेनु

कांग्रेस सभापतिद्वारा तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-28 17:28

sher-bahadur-deuba

मङ्सिर १२ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको छ ।

सभापति देउवाले पार्टी आवद्ध भ्रातृ संघ- नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ)लाई नियुक्त गर्नुभएको हो । 

 

कांग्रेसको विधान, २०१७ को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएकाले केन्द्रीय कार्यसमितिको निर्णय अनुसार उहाँहरुलाई नियुक्त गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 

 

 
 
 
 
 
 
 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर