नेभिगेसन मेनु

पैदल यात्रुले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-27 15:25

dfngdfg

मङ्सिर ११ गते । काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । 

सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको हो ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताउनु भयो । उहाँले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाद्वारा आम नागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यसलाई थिचिसकेपछि यसले सहज रूपमा जुन तोकिएको समय छ, अहिले ३० सेकेन्ड राखिएको छ । त्यो थिचेपछि ५ सेकेन्ड कुर्नुपर्छ, त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदल यात्रुका लागि । ३० देखि ३५ सेकेन्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ, प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ, त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।’

त्यस्तै बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रूपमा जेब्रा ट्राफिक राखे पनि दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण नहुने बताउनु भयो । उहाँले यसका लागि जनप्रतिनिधिहरूले अन्डर पास वे बाटो बनाउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ट्राफिक लाइट अहिले अल्पकालीन रूपमा जेब्रा ट्राफिक लाइटले राम्रै हुने विश्वास लिएको छु । दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण रहँदैन । आगामी वर्षमा यसलाई अन्डर पास वे बाटोको जुन रूपमा जेब्रा क्रसिङ राख्न सकिन्छ ।’

उहाँले आगामी वर्षमा दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर