नेभिगेसन मेनु

काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने, मर्यादित भएर खेल्न मेयर बालेनको अनुरोध
सम्पादक:南亚网络电视
समय:2023-11-10 18:14

1699600553_deusi-1200x560

यो वर्षको तिहारमा काठमाडौं महानगरभित्र राति १ बजेसम्म .देउसीभैलो खेल्न पाइने भएको छ।

महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत यो वर्षको तिहारमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जानकारी दिएका हुन्।

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको उनले पनि उनले बताएका छन्। सो समयसम्म मर्यादित भएर देउसीभैलो खेल्न उनले अनुरोध गरेका छन्।

उनले लेखेका छन्, 'विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ। सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ।'

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर