नेभिगेसन मेनु

गाजाका लागि सहायता सामग्री बोकेका ट्रक इजिप्टमै रोकिए
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-11-02 13:52

Untitled-1 (1)

काठमाडौँ — करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूको लागि सहायता सामग्री पठाइएका ट्रकहरु इजिप्टमा रोकिएका छन् ।

गाजापट्टीमा प्रवेश गर्नको लागि राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किएका हुन् । गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकहरूको संख्या बढेको भए पनि ट्रकहरू गाजा प्रवेशका लागि कुरिरहेको बताइएको छ ।

दैनिक आवश्यक पर्ने १०० ट्रक सामानको मात्रा अझै कम रहेको बताइएको छ । इजरायल—हमास द्वन्द्व शुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिव २५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन् ।

अल्जेरिया, कुवेत, इराक, टर्किए, र संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएला लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरूलगायत धेरै देशहरूले राहत सामग्री बोकेका विमानहरू पठाइसकेका छन् ।

जारी इजरायल—हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्याङ्कअनुसार ८ हजार ५२५ प्यालेस्टाइनी र १, हजार ४ सय इजरायली मारिएका छन् । इजरायली रक्षा बलकाअनुसार हमासले गरेको आक्रमणमा जम्मा २३९ जनालाई बन्धक बनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर