नेभिगेसन मेनु

प्यालेस्टाइनको अस्पतालमा रकेट आक्रमण हुँदा कम्तिमा ५ सय जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-10-18 12:03

h

काठमाडाैँ। गाजामा रहेको अल अहली अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । मंगलबार राति इजरायली सेनाले गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तिमा ५०० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको बताएका छन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको थियो । उसले भनेको थियो, ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनाइयो । हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतंकवादी संगठन जिम्मेवार छ ।’

अन्तर्राष्ट्रिय नेताहरूले अस्पतालमा भएको हमलाको निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । सुरुवाती विवरणअनुसार सयौँ मानिस घाइते भएको र मृत्यु भएको संकेत छ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्छौं ।’

इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर