नेभिगेसन मेनु

अमेरिकी राष्ट्रपति बाइडन इजरायल भ्रमणमा जाँदै, कुन कुन विषयमा हुनेछ छलफल ?
सम्पादक:南亚网络电视
समय:2023-10-17 12:21

1697513976_bidenn-1200x560

काठमाडाैँ, असोज ३० गते । अमेरिकी राष्ट्रपति जो बाइडन जाने भएका छन्। अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले राष्ट्रपति बाइडन भोलि (बुधवार) इजरायल भ्रमणमा जाने बताएको बीबीसीले प्रकाशन गरेको छ ।

सोमवार शीर्ष अमेरिकी राजनीतिज्ञ, विदेश मन्त्री ब्लिङ्कन र इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भएको करिब ७ घन्टा लामो कुराकानी पछि अमेरिकी राष्ट्रपति बाइडनको इजरायल भ्रमण घोषणा भएको हो।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले राष्ट्रपति बाइडनलाई इजरायलमा जारी युद्धको विस्तृत व्योहोरा र युद्धको रणनीतिबारे जानकारी दिइने बताए। साथै इजरायलले आफ्नो अभियानलाई कसरी अगाडी बढाउँछ जसले नागरिकको मृत्यु नहोस् र प्यालेस्टानी नागरिकसम्म सहयोग पुर्याउन सकियोस् भन्ने अनुमति पाउने विषयमा पनि छलफल हुनेछ।

राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जन किर्बीले अमेरिकीि राष्ट्रपति बाइडनले सुरक्षित मार्ग तयार गर्ने विषयमा पनि छलफल गर्ने बताए। उनले सुरक्षित मार्ग तयार भएपछि नारिकलाई गाजा छोड्न सहज हुने बताए।

बाइडन आफ्नो इजरायल भ्रमण सकेर जोर्डन प्रस्थान हुनेछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर