नेभिगेसन मेनु

शून्य र विशेष समयका प्रश्नको जवाफमा आनाकानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-22 10:52

Untitled-1 (2)

प्रदेश सभाप्रति उत्तरदायी बन्नबाट बागमती प्रदेश सरकार चुक्दै आएको छ । प्रदेश सभाको बैठकमा विशेष समय र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिन प्रदेश सरकारले आनाकानी गर्दै आएको हो ।

विशेष समय र शून्य समयमा उठाएका प्रश्नहरूको जवाफ दिन प्रदेश सभाका सदस्यहरूले पटक पटक माग गरे पनि जवाफ नदिएर प्रदेश सभा अधिवेशन अन्त्य गर्ने समयमा आएर मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जवाफ दिनुभएको थियो । प्रदेश सभाको बैठकमा प्रदेशका समस्या नागरिकका समस्याका बारेमा विशेष समय र शून्य समयमा जिज्ञासा राख्दा सरकारले जवाफ नदिने हो भने विशेष समय र शून्य समय राख्नुको औचित्य नभएको भन्दै दोस्रो अधिवेशनका व्रmममा सत्तापक्ष र विपक्षी दलका प्रदेश सभाका सदस्यहरूले प्रदेश सरकारप्रति विरोध जनाउनुभएको थियो । 

गत जेठमा सुरु भएको दोस्रो अधिवेशन अवधिको विशेष समय दुई पटक र शून्य समय चार पटक राखिएको थियो तर मुख्यमन्त्री जम्कट्टेलले विशेष समय र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ एकमुष्ट रूपमा गत असोज १५ गते दिनुभएको थियो । साथै यो अवधिमा सङ्कल्प प्रस्ताव एक पटक र ध्यानाकर्षण प्रस्ताव एक पटक प्रदेश सभा बैठकमा राखिएको थियो । साथै प्रदेश सभाको बैठकमा प्रदेश सरकार र मन्त्रीहरूका बारेमा उठेक प्रश्नहरूको स्पष्टीकरण आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले दिनुभएको थियो ।

दोस्रो अधिवेशनका व्रmममा प्रदेश सभाको बैठक विपक्षी दल एमाले र राप्रपाको अवरोधका कारण छ पटक सरेको र तीन पटक स्थगित भएको थियो । यस्तै विषयगत समिति गठन नभएका कारण निजामती सेवा तथा स्थानीय तहको सेवासम्बन्धी विधेयकमाथि छलफल गर्न प्रदेश सभामा विशेष समिति एक पटक गठन गरिएको थियो । 

पाँच वटा विषयगत समिति रहेको बागमती प्रदेश सभा अन्तर्गतको प्रत्येक समितिमा समिति सचिवसहित पाँच कर्मचारीको व्यवस्था गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर