नेभिगेसन मेनु

मकैको पिठो र च्याँख्ला बेचेर मनग्गे आम्दानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-19 12:23

sdfjh

सिन्धुपाल्चोक, कात्तिक २ गते । सिन्धुपाल्चोकका महिलाहरू मकैको च्याँख्ला बेचेर मनग्गे आम्दानी लिन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–१२ का महिलाहरूलाई अहिले माग बढेपछि मकैको च्याँख्ला बढाउने र बजारमा पुर्‍याउन भ्याई नभ्याई छ ।

मधुमेह र अन्य रोगका बिरामीलाई खानामा अति उपयुक्त हुने मकैको च्याँख्ला निरोगीहरूबाट पनि अत्यधिक माग बढेको कमलको फूल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सीता पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिन्धुपाल्चोकका महिलाहरूको आर्थिक उर्पाजन सहयोगका लागि कमलको फूल बहुउद्देश्यीय सहकारी संस्थाले मकैको च्याँख्ला बनाउने कार्य सुरु गरेको हो ।

महिलाहरूले मकैलाई पिठो र च्याँख्ला बनाएर बेच्दै आएका छन् । पिठो र च्याँख्लाको माग धान्नै मुस्किल परेको छ । गाउँभरका महिलाहरूले मकैबाट च्याँख्ला बनाई बिक्री गरेर राम्रो कमाउन थालेपछि सिन्धुपाल्चोक दर्जनौँ गाउँका महिलाहरूले च्याँख्ला उत्पादन र बिक्री गर्न थालेका छन् । महिलाहरूले लोकल मकैबाट बनाएका च्याँख्ला सदरमुकाम चौतारा, साँगचोक, मेलम्ची, बाह्रबिसे, काभ्रेको बनेपा, धुलिखेल, राजधानीका सुपर मार्केटमा माग बढिरहेको महिला अगुवा समेत रहनु भएकी पौडेलले बताउनु भयो । बजारमा माग बढेसँगै महिलाहरूले च्याँख्ला बनाउने काम तीव्र रूपमा चलिरहेको उहाँले भन्नुभयो ।

स्थानीय अर्ग्यानिक ताजा मकैबाट निमार्ण गरिएको च्याँख्ला स्वादिलो र पोसिलो छ । दिर्घरोगीदेखि निरोगी सबैले च्याँख्ला खानाको रूपमा प्रयोग गर्न थालेपछि माग पूरा गर्न हम्मे हम्मे परेको पौडेलले बताउनु भएको छ । च्याँख्लामा कुनै पनि रासायनिक बस्तु नमिलाएका कारण पनि माग बढेको बढै छ । बोटमै मज्जाले सुकेको मकैलाई आधुनिक मेशिनबाट पिँधेर च्याँख्ला र पिठो बनाउन थालेसँगै व्यापारीहरू महिलाहरूले च्याँख्ला बनाउने उद्योगमै पुगेर च्याँख्ला उठाउने गर्छन् । च्याँख्लालाई अहिले प्याकिङ, ब्राण्डिङ गरी सुपर मार्केटमा पनि पुर्‍याउन थालिएको छ । च्याँख्ला बनाउनका लागि स्थानीय कृषकहरूले अर्ग्यानिक रूपमा उत्पादन गरेको लोकल मकै खरिद गर्दे आएको महिलाहरूले जनाएका छन् । किसानका मकै पनि बिक्री भइरहेको छ भने महिलाहरूलाई घर गाउँमै स्वरोजगार मिलेको छ । उक्त च्याँख्ला बनाउने महिलाको सङ्ख्या दिनहुँ बढिरहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर