नेभिगेसन मेनु

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने
सम्पादक:南亚网络电视
लेखक: रासस
समय:2023-10-13 15:25

weather

काठमाडौँ,असोज  २६  गते ।  हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमसविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौँको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् लामिछानेले जानकारी दिनुभयो । आज काठमाडौँमा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भावना रहेको र दिउँसोतिर आंशिक बदली रही एक दुई स्थानमा क्षणिक वर्षा हुनसक्ने उहाँले बताउनुभयो ।

आज राति कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर