नेभिगेसन मेनु

परीक्षणविना नै भारतीय तरकारी बजारमा
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-09-17 14:08

tarkali2019-07-06-10-42-38

भारतका सीमावर्ती बजारहरूमा विषादी परीक्षण संयन्त्र नहुँदा परीक्षण नै नगरिएका आयातीत तरकारी तथा फलफूल बिक्री भइरहेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी जिल्लामा भारतबाट आयात भएका तरकारी परीक्षण गर्ने ल्याब महोत्तरीको भिठामोडमा मात्रै छ ।

ल्याब खाद्य आयात–निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयका अनुसार महोत्तरी र धनुषाका तुलनामा सिराहा, सप्तरी र सर्लाहीबाट एकदम कम विषादी परीक्षणका लागि तरकारी तथा फलफूल ल्याइन्छन् ।

विषादी परीक्षण गराउन समय लाग्ने, खर्च बढ्नेलगायतका कारण सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाका व्यापारीहरूले विषादी परीक्षण नै नगराई बिक्री गर्ने गरेका छन् । त्यस्तै, खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले भारतबाट हरियो तरकारी विषादी परीक्षणविना नै बजारमा बिक्री गर्ने गरेका छन् । 

पाँच जिल्लामध्ये सर्लाही, सिराहा र सप्तरीबाट कहिलेकाहीँ मात्र तरकारी परीक्षण गर्न ल्याइने खाद्य आयात–निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय महोत्तरी भिठामोडका प्रमुख प्रमोदचन्द्र पौडेलले बताए । उनले भने, ‘खास गरी तीन जिल्लामा भारतबाट आउने तरकारीमा विषादी परीक्षण गराउन व्यवसायीलाई टाढा हुने भएकाले बढी तरकारी विषादी परीक्षणविना नै आयात हुने गरेको छ । ती जिल्लाहरूमा रहेका छोटी भन्सार कार्यालयहरूले तरकारी भन्सार काटे पनि ल्याब प्रयोगशाला नहुँदा परीक्षणविना नै भित्रिने गरेको छ ।’

नियमनकारी निकाय गम्भीर नभएपछि उपभोक्ताहरू मन्द विषको सिकार हुँदै गएको उपभोक्ता हित संरक्षण मञ्च धनुषाका अध्यक्ष बटुकनाथ झाले बताए । उनले भने, ‘सीमा क्षेत्रका पालिकाहरू यसप्रति गम्भीर हुनुपर्छ, परीक्षणविना आउने तरकारीमा के–कति मात्रामा विषादी छ ? खाने योग्य छ कि छैन ? यसप्रति राज्य गम्भीर नहुनु दुःखद कुरा हो ।’ उनले प्रत्येक जिल्लामा सरकारले विषादी प्रयोगशाला राख्नुपर्ने बताए 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर