नेभिगेसन मेनु

वालिङ नगरपालिकाले पायो पाँच हजार डलरको 'एक्सिलेन्स' अवार्ड
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-11 12:42

sdgh

स्याङ्जा, असोज २४ गते । पाँच हजार डलर रकमको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ वालिङ नगरपालिकाले पाउने भएको छ । एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुने लागेको हो । 

अक्टोबर ६ मा युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले नगर प्रमुख कृष्ण खाँणलाई पत्र मार्फत वालिङ नगरपालिकाले अवार्ड जितेको बताउनु भएको हो । 

नगरप्रमुख कृष्ण खाँणले  एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरु मध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा घोषित भएको बताउनुभयो । उहाँले नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको बताउनुभयो । नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोर मैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो ।

नगर बासीहरूको सहयोग,कर्मचारीहरूको तदारुकता र जनप्रतिनिधिहरूको समर्पणले वालिङ सम्पत्ति बनेको बताउदै खाँणले अभियानलाई अझै उचाइमा लैजान फोहोरलाई पूर्ण रूपमा आम्दानीको स्रोतको रूपमा परिणत गर्न आवश्यक सबै कदमहरू अगाडि बढाउने बताउनुभयो । सरसफाइको क्षेत्रमा दिगो विकासको लागि निर्दिष्ट बुँदाहरूको सही पालना तथा कार्यान्वयनको लागि नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख खाँणको भनाई थियो। 

पुरस्कार १३–१५ नोभेम्बर २०२३ मा चीनको यीवु सहरमा वितरण हुनेछ ।  अवार्ड वितरणको क्रममा एक जनालाई आते जाते तथा आना बस्नको सबै सुविधा संस्थाले ब्यहाेर्ने बताएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर