नेभिगेसन मेनु

सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्प
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2023-10-10 13:25
1109

1696911815_nepal-1200x560

सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा  बैठक सम्पन्न भएको छ।

तराई मधेशका जिल्लाहरूमा अहिले देखिएको उग्र साम्प्रदायिक तत्व र सीमा अपधारलाई आपसी सहयोगमा रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालको छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा सोमवार डिआईजी स्तरिय सुरक्षा बैठकको आयोजना गरिएको थियो।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालको छिन्नमस्ता बाहिनीपति सशस्त्र प्रहरी बलका डिआईजी दीपेन्द्र शाहले नेतृत्व गर्नु भएको थियो भने भारत तर्फबाट भारतीय सशस्त्र सीमा बल  मुजफ्रपुरका डिआईजी आई पि एस दिपक कुमारले गरेका थिए।  

अहिले मधेशका केही जिल्लाहरुमा देखिएका उग्र साम्प्रदायिक तत्वलाई नियन्त्रण गर्न, धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन र सीमा अपधार रोक्नको लागि दुबै पक्षले एक एर्कालाई सहयोग र सुचना आदान प्रदान गर्नको लागि सुरक्षा बैठकको आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीपति दिपक शाहले बताएका छन्।

यसका साथै सुरक्षा बैठकमा नेपाली सवारी साधनहरुलाई सहज रुपमा भारतमा आवागमन गर्नको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने, सीमाबाट बढ्दो लागुऔषध ओसारपोसार नियन्त्रण गर्नको लागि  बिशेष सुरक्षा कारबाही संयुक्त रुपमा सञ्चालन गर्ने, मानब ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न, अवैध रुपमा सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रण गर्नको लागि सहकार्य गरेर अगाडी बढने सहमति भएको शाहले बताए।

चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेक्स स्थापना कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको उनले बताए।

सुरक्षा बैठकमा बेतिया सेक्टर हेडक्वाटरका भारतीय सीमा सुरक्षा बलका डिआईजी सुरेश सुब्रमन्यम साथै नेपाल र भारत तर्फका सीमावर्ती इलाकामा कार्यरत दुवै सङ्गठनका कार्यालय प्रमुखहरूको समेत सहभागीतामा सुरक्षा बैठक आयोजना गरिएको वाहिनीका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर