नेभिगेसन मेनु

कैलाश र मानसरोवर भ्रमण सहज बनाइने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-29 12:28

Untitled-1 (4)

आली (तिब्बत), असोज १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर भ्रमणलाई सहज बनाउन नेपालतर्फको सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।

चीनको औपचारिक भ्रमणका क्रममा बिहीबार कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । उहाँले हुम्लातर्फको सडक राम्रो भए बर्सेनि लाखौँ भारतीय पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको धारणा राख्नुभयो ।

प्रम प्रचण्डले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारीसमेत दिनुभयो ।  प्रधानमन्त्री प्रचण्डले आफ्नो यस पटकको चीन भ्रमणका क्रममा चीन सरकारसँग भएको यो सैद्धान्तिक समझदारीलाई व्यवहारमै उतार्ने र सिमकोटबाट कैलाश पर्वततर्फ ओहोरदोहोर गर्न गुणस्तरीय बाटो निर्माण छिट्टै अघि बढ्ने जानकारी दिनुभयो । हिन्दु धर्मग्रन्थहरूमा उल्लेख भए अनुसार देवताका पनि देवता, महादेवको बासस्थल यही कैलाश पर्वत हो । महादेवको बासस्थल भएकाले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दु धर्मावलम्बीले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब २५० किलोमिटर टाढा रहेको छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १६० किलोमिटर र नेपाल–चीन सिमानाबाट भने जम्मा ७० किलोमिटर टाढा रहेको छ ।  सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक सञ्जाल जोडिएको भए पनि सडकको ट्र्याक मात्रै खोलिएकाले यात्रा गर्न असहज रहेको छ ।

एक अर्ब ४० करोडभन्दा बढी जनसङ्ख्या रहेको भारतमा करोडौँको सङ्ख्यामा हिन्दु धर्मावलम्बी रहेका र तीमध्ये केही प्रतिशत हिन्दुलाई हुम्लाको बाटो हुँदै कैलाश मानसरोवर भ्रमण गर्ने पूर्वाधार र वातावरण बनाउन सकेमा नेपालले धार्मिक पर्यटनबाट राम्रो लाभ लिन सक्ने भएकाले पनि यस विषयलाई सरकारले विशेष महìव दिएको प्रधानमन्त्रीले बताउनुभयो ।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर रहेको छ । मानसरोवर पनि हिन्दुहरूका लागि पवित्र तीर्थस्थल मानिन्छ । कैलाश पर्वतमा बस्ने महादेवले यही मानसरोवरमा स्नान गर्ने हिन्दु धर्मावलम्बीको विश्वास छ । हुम्लातर्फको बाटो राम्रो बनेपछि चीनको तिब्बततर्फबाट भन्दा नेपालको हुम्लातर्फबाट कैलाश मानसरोवरको यात्रा गर्न नेपाली र भारतीय पर्यटकलाई निकै सहज हुने देखिएको छ । खर्च, यात्रा गर्नुपर्ने दुरी तथा भिसालगायत थुप्रै दृष्टिकोणबाट हुम्लाको बाटो भएर यात्रा गर्दा सहज हुने देखिएको हो ।

प्रधानमन्त्री प्रचण्डले कैलाश पर्वत र मानसरोवरको अवलोकन भ्रमण गर्नुहुँदा परराष्ट्रमन्त्री एनपी साउद र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका अन्य सदस्य पनि सहभागी हुनुहुन्थ्यो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर